
कोलकाता, 8 दिसम्बर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा)-का वरिष्ठ नेता दिलीप घोषले भनेका छन्, आज विश्वमा भारतले जुन सम्मान र गौरव प्राप्त गरेको छ त्यसको सम्पूर्ण श्रेय प्रधानमन्त्री नरेन्द्र मोदीको सशक्त एवं दूरदर्शी नेतृत्वलाई जान्छ।
सोमवार मीडियासित बातचित गर्दै घोषले भने, “भारत आज अन्तर्राष्ट्रिय मञ्चमा जुन मर्यादा र प्रतिष्ठाको साथमा उदाएको छ, त्यो प्रधानमन्त्री मोदीको नेतृत्व क्षमताको परिणाम हो। देशको अर्थव्यवस्था निरन्तर प्रगति पछमा छ र विश्व समुदायले भारतको भूमिकालाई नयाँ दृष्टिकोणले हेरिरहेको छ।”
भारत-रूस सम्बन्धमाथि टिप्पणी गर्दै उनले भने, दुवै देशको मित्रता ऐतिहासिक छ र समयसितै यो अझ प्रगाढ़ भएको छ। घोषले भने, “रूससित हाम्रो सम्बन्ध वर्षौं पुरानो हो। वर्तमानमा भएको विभिन्न सम्झौता दुवै देशको हितमा सिद्ध हुनेछ अनि परस्पर सहयोगलाई नयाँ दिशा दिनेछ।”
दिलीप घोषले भने, वैश्विक स्तरमा भारतको बढ़्दो प्रतिष्ठा, आर्थिक विकास औ कुटनीतिक सशक्तता, केन्द्र सरकारका नीति औ प्रधानमन्त्रीको नेतृत्वको प्रत्यक्ष परिणाम हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा