
-एसएमओ भर्ती औ एसीपी सुधारको माग
जिन्द, 8 दिसम्बर (हि.स.)। हरियाणा सिभिल मेडिकल सर्भिस एसोसिएशनको आह्वानमा सोमवारदेखि जिल्लाका चिकित्सकहरूले आफ्नो दुई दिवसीय हड़ताल शुरू गरेका छन्। हड़ताल भएको कारणले बिहान उपचारको लागि अस्पताल पुगेका मानिसहरूलाई त्यतिकै फर्किनुपऱ्यो जसले गर्दा मानिसहरूलाई समस्या भइरहेको छ। ततापि स्वास्थ्य प्रबन्धनले हड़ताललाई मध्यनजर गर्दै आफ्नो रणनीति बनाएको थियो ताकि रोगीहरूलाई समस्या नहोस्। नागरिक अस्पतालमा इमरजेन्सीदेखि लिएर पोस्टमर्टमसम्मका सबै सेवाहरू एनएचएम, आरबीएसके, डेन्टल सर्जन, रिटायरमेन्टपछि अनुबन्ध आधारमा कार्यरत चिकित्सकहरूलाई बोलाएर ओपोडी संचालन गर्ने काम गरियो। जुन उपचारको खाँचो थियो, त्यो रोगीहरूले पाएनन्। यता सिभिल सर्जनले पहिला नै मेडिकल कलेज खानपुरलाई पनि पत्राचार गरी चिकित्सक उपलब्ध गराउने अनुरोध गरेका छन्।
हरियाणा सिभिल मेडिकल सर्भिस एसोसिएशनका जिल्ला प्रधान एवं प्रदेश संयोजक डा. बिजेन्द्र ढांडाले भने, एसएमओ भर्तीमा सुधार तथा एसीपीलाई लिएर उनीहरूको माग रहिआएको छ जसलाई सरकारले विगत लामो समयदेखिकै पूरा गर्न सकिरहेको छैन। सरकारले यी मागहरूलाई स्वीकार पनि गरेको थियो, तर आजसम्म लागू गरिएको छैन। त्यसैले चिकित्सकहरूलाई यो कदम उठाउनुपऱ्यो। डा. ढांडाले भने, उनीहरूले शान्तिपूर्वक हड़ताल गर्नेछन्। उनीहरूको यूनियिनको कुनै पनि सदस्य डाक्टरले काम गर्नेछैन। अन्य कसैले काम गर्छ भने उनीहरूलाई स्वीकार्य छ। सरकारले उनीहरूको माग पूरा गरेको दिन उनीहरूले आफ्नो हड़ताललाई फिर्ता लिनेछन्। उनीहरूको प्रयास हो, सरकारले उनीहरूको मागलाई पूरा गरोस्।
सीएमओ डा. सुमन कोहलीले भने, हड़ताललाई मध्यनजर गर्दै आवश्यकता परे उनीहरूलाई पनि जनहितको सेवाको लागि बोलाइनेछ। मेडिकल कलेज खानपुरलाई पत्राचार गरी चिकित्सकको माग गरिएको छ। चिकित्सकहरूको हड़ताललाई ध्यानमा राखेर व्यवस्था गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा