कालिन्दी कुञ्जमा चक्कुबाजी, युवकको मृत्यु, दुई घाइते
कालिन्दी कुञ्जमा चक्कुबाजी, युवकको मृत्यु, दुई घाइते


नयाँ दिल्ली, 8 दिसम्बर (हि.स.)। दक्षिण पूर्वी जिल्लाको कालिन्दी कुञ्ज थाना क्षेत्रको जेजे कलोनी मदनपुर खादरमा गए आइतवार साँझ आरोपीले तीनजना मानिसहरूलाई चक्कुले प्रहार गऱ्यो। घटनालाई परिणाम दिएपछि आरोपी घटनास्थलबाट भाग्यो। सूचना पाउनसाथ घटनास्थलमा पुगेको पुलिसले तीनैजना घाइतेहरूलाई नजिकैको अस्पतालमा भर्ती गरायो जहाँ डाक्टरहरूले एकजनालाई मृत घोषित गरिदिए भने अन्य दुईजना उपचाराधिन छन्।

दक्षिण पूर्वी जिल्लाका पुलिस उपायुक्त डा. हेमन्त तिवारीले बताए, गए शनिवारसाँझ पुलिसलाई पीसीआर कलको माध्यमबाट सूचना प्राप्त भयो कि मदनपुर खादरमा चक्कुबाजी भएको छ।सूचना पाउनसाथ पुलिस घटनास्थलमा पुग्यो। घटनास्थलमा तीनैजना युवकलाई घाइते अवस्थामा भेटियो जसलाई अलिकति पनि ढिल्याई नगरी अपोलो अस्पतालमा लगियो जहाँ उपचारको क्रममा 19 वर्षीय विकासलाई डाक्टरहरूले मृत घोषित गरिदिए। अन्य दुई घाइतेको उपचार भइरहेको छ।

उपायुक्तले बताए, स्थानीयहरूसित जाँंचबुझ तथा वरपरको सीसीटीभी फुटेजको आधारमा पुलिसले क्षेत्रको सक्रिय उपद्रवी रवि उपनाम पव्वा तथा उसका साथीहरूको भूमिका रहेको पायो। त्यसैले पुलिसले रविलाई हिरासतमा लिएको छ भने उसका अन्य सहयोगीहरूलाई खोजिरहेको छ।

प्रारम्भिक जाँचमा पुरानो शत्रुता रहेको आशंका व्यक्त गरिएको छ। तथापि पुलिस सठीक कारण पत्तो लगाउन जुटेको छ। घटनास्थलमा फोरेन्सिक तथा क्राइम टीमलाई बोलाइएको छ। घटनालाई लिएर सम्बन्धित धाराहरू अन्तर्गत मुद्दा दर्ता गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande