
नयाँ दिल्ली, 8 दिसम्बर (हि.स.)। शाहदरा जिल्लाको कृष्ण नगर थाना क्षेत्रमा भोर बिहान भएको सड़क दुर्घटनामा एकजना 22 वर्षीय युवकको मृत्यु भयो। घटना बिहान लगभग 4:10 बजे भएको हो जतिबेला कारले मोटरसाइकलाई भयानक ठक्कर दियो।
सूचना पाए लगत्तै कृष्ण नगर थाना पुलिस घटनास्थलमा पुग्यो जहाँ एउटा क्षतिग्रस्त बुलेट मोटर साइकल र डिभाइडरमा चढ़ेको रातो रंगको स्विफ्ट कार भेटियो जुन पूर्ण रूपले क्षतिग्रस्त भएको थियो।
शाहदरा जिल्लाका पुलिस उपायुक्त प्रशान्त गौतमले बताए, दुर्घटनामा घाइते सहबाज (22)-लाई अस्पतालमा लगियो जहाँ डाक्टरहरूले उसलाई मृत घोषित गरिदिए। बाइकमा पछाड़ि बसेका समीर (21)-को उपचार भइरहेको छ। संगम विहार निवासी कार चालक ऋषभ (28) पनि घाइते भएका छन्। उसितै वाहनमा सवार अर्को व्यक्ति भने दुर्घटनापछि भाग्यो। पुलिसले मामिलामा द्रूत गति तथा लापरवाहीले वाहन चलाएर मृत्यु भएको मुद्दा दर्ता गरी अग्रिम कारबाही शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा