
कोलकाता, 08 दिसम्बर (हि.स.)। इण्डिगोको उड़ान सेवाहरूमा लगातार भइरहेको अनियमिततालाई लिएर पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले केन्द्र सरकारमाथि कड़ा आक्रोश व्यक्त गरिन्।
सोमवार कुचबिहार जानअघि कोलकाता हवाईअड्डामा उनले भनिन्, केन्द्रले कुनै योजना बिनै एफडीटीएल (उड़ान ड्यूटी समय सीमा) नामक नीति लागू गरियो जसको फलस्वरूप यात्रीहरूलाई विभिन्न समस्याको सामना गर्न परिरहेको छ।
ममता ब्यानर्जीले भनिन्, पाइलट र क्रूलाई विश्रामको आवश्यकता पर्छ, यो कुरा उनी पनि स्वीकार्छन्, तर कुनै पनि नयाँ नीतिलाई लागू गर्नपूर्व उचित योजना बनाउन आवश्यक हुन्छ। मुख्यमन्त्री अनुसार, पछिल्लो केही दिनदेखिको यात्रीहरूलाई धेरै असुविधाहरूको सामना गर्न परिरहेको छ। सरकारको यो कदम तयारी बिनै उठाइएको थियो। उनले केन्द्रसित अपील गरिन्, कुनै पनि नीतिलाई लागू गर्नपूर्व पूर्ण योजना बनाइयोस्, आवश्यकता परे विकल्प पनि तयार गरियोस् तथा यात्रीहरूलाई त्यसको लाभ पुग्नसकोस्।
केन्द्रमाथि चर्को हमला गर्दै ममताले भनिन्, सरकारले चुनाउको बारेमा मात्र सोच्छ, मानिसहरूको असुविधामाथि ध्यान दिँदैन। उनले स्पष्ट पारिन्, यात्रीहरूलाई भइरहेको समस्याको क्षतिपूर्ति केन्द्र सरकारले दिनुपर्छ र यदि आवश्यकता परे यात्रीहरूले अदालतको ढोका ढक्ढकाउन सक्छन्।
इण्डिगो उड़ान सेवा पछिल्लो सात दिनदेखिको प्रभावित भएको छ। देशको सबैभन्दा ठूलो एयरलाइन्सका अनेकौं उड़ानहरू रद्द भएपछि लाखौं यात्रीहरूलाई विभिन्न समस्याको सामना गर्नुपर्यो। विमानन नियामक डीजीसीएद्वारा लागू गरिएको एफडीटीएल नियमलाई यस बाधाको निम्ति जिम्मेवार ठहराइएको थियो। यो नियमलाई दुई चरणमा लागू गरियो भने नोभेम्बरमा मात्र दोस्रो चरणलाई लागू गरिएको थियो।
एफडीटीएल नियमहरूमा पाइलट र कर्मचारीहरूको विश्राम समयलाई निर्धारित गरिएको थियो। केही निर्देशहरूको कारणले इण्डिगोको सेवा प्रभावित भयो जसपश्चात डीजीसीएले तत्काल प्रभावदेखि यस नियमको एक महत्वपूर्ण शर्तलाई फिर्ता लियो। पहिला पाइलटहरूलाई हरेक सप्ताह 48 घण्टा अनिवार्य विश्रामको प्रावधान थियो, तर इण्डिगो संकटपछि यसलाई संशोधित गरियो। पाइलटहरूको छुट्टीलाई त्यै 48 घण्टाभित्रमा समायोजित गरियो। यसको साथै रातसित सम्बन्धित प्रावधानमा पनि केही छुट दिइयो ताकि उड़ानहरूको संचालनलाई सामान्य बनाउन सकियोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा