उदय शंकरको जयन्तीमा ममता ब्यानर्जीले दिइन् श्रद्धाञ्जली
उदय शंकरको जयन्तीमा ममता ब्यानर्जीले दिइन् श्रद्धाञ्जली


कोलकाता, 08 दिसम्बर (हि.स.)। आधुनिक भारतीय नृत्यका जनक मानिने विश्वप्रसिद्ध नृत्यशिल्पी औ नृत्य-योजनाकार उदय शंकरको जयन्तीमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले उनलाई श्रद्धाञ्जली अर्पण गरिन्। सोमवार माइक्रोब्लगिंग साइट एक्समा जारी एक पोस्टमा मुख्यमन्त्री ममता ब्यनर्जीले उनलाई श्रद्धाञ्जली दिइन्।

मुख्यमन्त्री ममता ब्यानर्जीले आफ्नो सन्देशमा लेखिन्, भारतीय आधुनिक नृत्यलाई वैश्विक मञ्चमा पुऱ्याउनमा उदय शंकरको भूमिकाको अन्य कुनै उदाहरण छैन। उनले भनिन्, उनको लकात्मक विरासत आज पनि कलाकारहरूको लागि प्रेरणा भएको छ। उनको जन्मदिन भारती संस्ृतिको लागि गर्वको दिन हो।

उदय शंकरको जन्म 08 दिसम्बर 1900-मा राजस्थानको उदयपुरमा भएको थियो। भारतीय कला, नृत्य औ रंगमञ्चलाई उनले दिएको नयाँ दिशालाई आज पनि प्रेरणाको श्रोत मानिन्छ। उनले भारतीय शास्त्रीय, लोक औ जनजातीय नृत्य परम्पराहरूलाई आधुनिक मञ्च-प्रस्तुतिको तकनिकसित जोड़ेर यस्तो अनौठो रूप दिए जसले भारतीय नृत्यलाई विश्वभरि नै पहिचान दिलायो। 20औं शताब्दिको तेस्रो दशकमा यूरोप अनि अमेरिकामा उनका प्रस्तुतिहरूले भारतीय नृत्यलाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गऱ्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande