
भुवनेश्वर, 8 दिसम्बर (हि.स.)। गन्भीर रूपमा जलेको कारणले राउरकेलाको आईजीएच अस्पतालमा उपचाराधिन सरबती देवी महिला कलेजकी छात्राले सोमवार अन्तिम सास लिइन्। पीड़ितालाई 90 प्रतिशत जलेको अवस्थामा अस्पतालमा भर्ती गरिएको थियो। पुलिस विभागानुसार छात्राले कथित रूपमा आफ्नो पुरूष मित्रद्वारा गरिएको उत्पीड़नबाट दिक्क भएर आफै आगो लगाएकी थिइन्। यो घटना गत शुक्रवार अबेर राती राजगंगापुरको लांजीबेर्णा क्षेत्रमा त्यसबेला भएको थियो जतिबेला परिवारका अन्य सदस्यहरू घरमा सुतिरहेका थिए। राजगंगापुर पुलिसले मामिलामा कारबाही गर्दै एकजना 25 वर्षीय युवकलाई पक्राउ गरेको छ।
स्वास्थ्य मन्त्री डा. मुकेश माहलिंगले गए आइतवार अस्पतालमा पुगेर पीड़िताकी आमासित भेट गरी डाक्टरहरूसित उपचार बारे जानकारी लिएका थिए। डाक्टरहरूले प्रयास गरे पनि छात्राको स्थितिमा कुनै सुधार हुन सकेन, अन्ततः छात्राको मृत्यु भयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा