
कोलकाता, 08 दिसम्बर (हि. स.)। हुगली जिल्लाको श्रीरामपुर सब्सिडियरी करेक्शनल होमबाट पोक्सो मामिलामा पक्राउ एकजना विचाराधिन बन्दी भागेको घटनाले प्रशासनमा खैलाबैला मचाएको छ। घटनापछि अधिकारीहरूले सुरक्षा व्यवस्थामा भएको चूकमाथि विस्तृत रिपोर्ट मागेको छ भने पुलिसले आरोपीलाई द्रूत गतिमा खोजिरहेको छ।
घटनाको खुलासा गए आइतवार बिहान नियमित सेलको गन्ती अवधि भएको हो जतिबेला जेल सुरक्षाकर्मीहरूले आरोपी कोठरीदेखि भागेको कुरा थाहा पाए।
शुरुआती जानकारी अनुसार बन्दी सुधार गृहको पर्खाल नाघेर भाग्यो। मामिलालाई गम्भीर रूपमा लिँदै जेल प्रशासनले सम्बन्धित जेल अधीक्षकसित विस्तृत रिपोर्ट मागेको छ।
श्रीरामपुरका सब-डिभीजनल अफिसर शम्भूद्वीप सरकारले सोमवार बताए, सुधार गृहका अधीक्षकसित विस्तृत रिपोर्ट मागिएको छ। त्यै आधारमा जाँच शुरू गरिएको छ। उनी अनुसार आइतवार आरोपी भागेको खुलासा भएपछि पुलिस उसलाई खोज्न जुटिसकेको छ। अधिकारीहरूले यो पनि बताए, आरोपीलाई पक्राउ गर्नको लागि लुकआउट नोटिस जारी गर्ने प्रक्रिया शुररू गरिरहेको छ।
घटनापछि सम्पूर्ण जिल्लामा सतर्कता बढ़ाइएको छ भने सुधार गृहको सुरक्षा प्रबन्धको व्यापक समीक्षा गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा