सोनादा पचेङको अप्पर पचेङ नन्द गाउँमा राति आगलागीमा घर जलेर खरानी
अप्पर पचेङ नन्द गाउँमा घर जलेर खरानी


सोनादा, 8 दिसम्बर (हि.स.)। सोनादा पचेङ समष्टिको अप्पर पचेङ नन्द गाउँमा राति आगलागी हुँदा एक घर जलेर खरानी भएको छ। आगलागीमा दुई तल्ले काठको घर जलेर खरानी भएको छ।

राति 12 बजीको समयमा भएको आगलागीमा अप्पर पचेङ नन्द गाउँ निवासी हर्कबहादुर गुरुङको घर जलेर नष्ट भएको छ।भाग्यवश कुनै मानवीय क्षति भएन, तर पीडित परिवारले आफुले लगाएको लुगाबाहेक केही पनि निकाल्न पाएनन् भने सबै सर सामानहरु र कागजपत्रहरु जलेर नष्ट भएका छन्।

आगलागीको सूचना पाउनसाथ खरसाङ अग्निशमन केन्द्रबाट दमकल आइपुग्यो, तर त्यस समयसम्म घर जलेर खरानी भइसकेको थियो। पीडित हर्कबहादुर गुरुङ चियाबारीका अवकाशप्राप्त श्रमिक हुन्।

आगलागीको घटनापछि लोवर सोनादा ग्राम पञ्चायत दुईका पञ्चायत प्रधान रेखा तामाङ, पञ्चायत सदस्य पुरण राई र सोनादा पुलिस आउट पोस्टबाट पुलिस कर्मीहरु घटनास्थलमा पुगेका छन्। यस आगलागीको घटनामा अन्य घरहरुलाई जोगाउन स्थानीयहरुले‌ धेरै सहयोग गरेको बताइएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande