विधायक खगेश्वर रायले सड़क निर्माण कार्यको गरे शिलान्यास
विधायक खगेश्वर रायले सड़क निर्माण कार्यको गरे शिलान्यास


जलपाइगढ़ी, 08 दिसम्बर (हि. स.)। राजगञ्ज ब्लकको बिन्नागुड्डी ग्राम पञ्चायत अन्तर्गत आमबाड़ी साहेबबाड़ी क्षेत्रमा सोमवार स्थानीय विधायक खगेश्वर रायले पक्की सड़कको निर्माण कार्यको शिलान्यास गरे।

प्राप्त जानकारी अनुसार, बिन्नागुड़ी ग्राम पञ्चायतद्वारा लगभग सात लाख रुपियाँको आर्थिक सहायताबाट यस सड़कको निर्माण गरिनेछ। स्थानीय मानिसहरूले विगत लामो समयदेखिकै गरिरहेको माग अब पूरा हुनेछ। शिलान्यास समारोहमा विधायकसित बिन्नागुड़ी ग्राम पञ्चायत प्रधान समिजुउद्दीन अहमद, अञ्चल अध्यक्ष तुषार कान्ति दत्ता, पञ्चायत सदस्य भबानी शंकर राय, गौतम राय सहित केही गणमान्य व्यक्तिहरू उपस्थित थिए।

यस अवसरमा विधायक खगेश्वर रायले भने, ग्रामीणहरूको वर्षौं पुरानो मागलाई आज पूरा भएको देखेर उनीहरू हर्षित भएका छन्। सड़क निर्माण कार्य शुरू भएपछि केही गाउँहरूलाई सोझै लाभ पुग्नेछ अनि स्थानीय मानिसहरूलाई आवागमन गर्न सहज हुनेछ।

ग्रामीणहरूले सड़क निर्माण कार्य शुभारम्भ भएकोमा सन्तोष व्यक्त गर्दै विधायक अनि पञ्चायतप्रति आभार प्रकट गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande