
नयाँ दिल्ली, 8 दिसम्बर (हि.स.)। पूर्वी दिल्लीको शकरपुर क्षेत्रमा गए आइतवार साँझ एकजना युवकको चक्कु रोपी हत्या गरियो। सूचना पाए लगत्तै घटनास्थलमा पुगेको पुलिसले शवलाी कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि सुरक्षित रखाएको छ।
पुलिस अधिकारी अनुसार घटना साँझ लगभग 5:28 बजे भएको हो जतिबेला पुलिसलाई पीसीआर कलको माध्यमबाट जानकारी प्राप्त भयो, राम टेन्ट हाउस, मेन मार्केट निकट एकजना युवकलाई चक्कुले पहार गरिएको छ। सूचना पाउनसाथै थाना शकरपुर पुलिसको टीम घटनास्थलमा पुग्यो जहाँ सड़कमा रगत छरिएको थियो साथै वरपर भीड़ एकत्र भएको थियो।
स्थानीय मानिसहरूसित जाँचबुझ गर्दा थाहा लाग्यो, घाइते युवकलाई मानिसहरूले पहिला पटेल अस्पतालमा पुऱ्याए जहाँबाट पछि गम्भीर अवस्थामा एलएनजेपी अस्पतालमा रेफर गरिदिए। पुलिस अस्पतालमा पुग्यो जहाँ डाक्टरहरूले युवकलाई मृत घोषित गरिदिए। जाँचमा मृतकको पहिचान शकरपुर निवासी देव कुमार (22)- को रूपमा भएको छ जसको दाहिने खुट्टाको जाँघमा धारिलो हतियारको चोट लागेको छ।
अस्पतालमा मेडिकल रिपोर्टको जाँच गर्दा तीन वटा काटेको घाउ स्पष्ट रूपमा देखियो। घटनास्थल र अस्पताल दुवै स्थानमा कुनै पनि प्रत्यक्षदर्शी उपस्थित रहेको थाहा पाइएन। अस्पतालमा पुलिसले ती मानिसहरूसित बातचित गरे जसले घाइतेलाई अस्पतालमा पुऱ्याएका थिए। उनीहरूले बताए, एम्बुलेन्समा लैँजादै गर्दा घाइतेले इशारा गरेको थियो, त्यस क्षेत्रकै एकजना जानकार व्यक्तिले चक्कु रोपेको थियो।
प्रारम्भिक तथ्य अनि मृतकको परिवारको बयानको आधारमा पुलिसले हत्याको मुद्दा दर्ता गरायो। हाल पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा