
हाेजाई (असम), 24 मई (हि.स.)। जिल्ला शहरमा होजाई जिल्ला समाज कल्याण विभागद्वारा शनिशार स्थानीय श्रीमन्त शंकरदेव नगर सार्वजनिक हलमा जिल्लाभरिका दिव्यांग लाभार्थीहरूलाई आधिकारिक रूपमा साहयता अनि उपकरणहरू वितरण गरियो।
आज 1673 जना दिव्यांग पुरुष एवं महिलाहरूलाई लगभग दुई करोड़ रुपियाँका वस्तुहरू वितरण गरियो। समाज कल्याण विभागद्वारा आयोजित समारोहमा सांसद कामाख्या प्रसाद तासा, विधायक शिवू मिश्रा, विधायक रामकृष्ण घोष औ होजाई जिल्ला आयुक्त विद्युत विकास भगवती आदि उपस्थित थिए।
यस अवसरमा उपस्थित अतिथिहरूले राज्य सरकार एवं केन्द्र सरकारद्वारा दिव्यांगहरूको लागि संचालित विभिन्न योजनाहरूको बारेमा जानकारी दिनको साथै उनीहरूलाई हरसम्भव सहयोग गर्ने आश्वासन दिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा