कपड़ा फ्याक्ट्रीमा आगो लाग्यो
कपड़ा फ्याक्ट्रीमा आगो लाग्यो


नयाँ दिल्ली, 25 मई (हि.स.)। यहाँको उद्योग नगर क्षेत्रमा आइतवार बिहान एउटा कपड़ा फ्याक्ट्रीमा आगो लाग्दा कोकोहोलो मच्चियो। यो घटना एफ-11, उद्योग नगर, गेट नम्बर-2 नजिकै अवस्थित एउटा फ्याक्ट्रीमा बिहान लगभग 5:25 बजे भएको हो।

मामिलाको सूचना पाए लगत्तै दमकल विभागका दशवटा वाहनहरूलाई घटनास्थल तर्फ पठाइयो। दमकलकर्मीहरूले कड़ा परिश्रम गरेर आगोलाई नियन्त्रण गरे। हाल घटनास्थलमा कुलिंगको काम भइरहेको छ।

दमकल अधिकारीहरू अनुसार यस आगलागीको घटनामा कुनै प्रकारको जनहानि भएको सूचना प्राप्त भएको छैन। आगलागीको कारण पत्तो लगाइँदैछ। फ्याक्ट्रीमा रहेका सामग्रीहरूको जाँच गरिँदैछ। स्थानीय पुलिस औ फोरेन्सिक टीम पनि घटनास्थलमा पुगेर जाँचमा जुटेको छ। शुरूआती जाँचमा थाहा लागे अऩुसार शर्ट सर्किटको कारणले आगो लागेको हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande