अवैध मदिरा बेचेको आरोपमा एक पक्राउ
अवैध मदिरा बेचेको आरोपमा एक पक्राउ


गोलाघाट (असम), 24 मई (हि.स.)। गोलाघाट जिल्लाको देरगाउँस्थित रंगलिटिंग चिया बगानमा देशी मदिरा बेचेको आरोपमा एकजना व्यक्तिलाई स्थानीय मानिसहरूले समातेर कुटपिट गरेपछि पुलिसलाई सुम्पिदिए।

पुलिसले बतायो, रंगलिटिंग चिया बगानमा अवैध ढंगमा देशी मदिरा बेचेको आरोपमा स्थानीय मानिसहरूले गाठी साह नामक व्यक्तिलाई हात-खुट्टा बाँधेर कुटे। घटनाको जानकारी पाउनसाथ घटनास्थलमा पुगेको पुलिसको टीमले आरोपीलाई स्थानीय मानिसहरूको चंगुलबाट मुक्त गराएर थानामा ल्यायो।

असमको चिया जनजाति छात्र संघ औ असम जातीयतावादी युवा परिषदले चिया बगान क्षेत्रहरूमा मदिराको बिक्री-वितरणमाथि पूर्ण रूपले रोक लगाइदिएको छ। तथापि अवैध रूपमा मदिरा बेचेको मामिलालाई लिएर स्थानीय दल-संगठनहरूले व्यापक विरोध व्यक्त गरेका छन्। स्थानीय मानिसहरूले पुलिस अनि आबकारी विभागसित यस सम्बन्धमा ठोस कदम उठाउने माग गरेका छन्

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande