जाली दस्तावेजमा ट्याक्सी चलाइरहेको थियो बंगलादेशी नागरिकले, दुर्घटनापछि खुलासा
जाली दस्तावेजमा ट्याक्सी चलाइरहेको थियो बंगलादेशी नागरिकले, दुर्घटनापछि खुलासा


कोलकाता, 26 मई (हि. स.)। कोलकातामा भएको एक सड़क दुर्घटनाको जाँच गर्ने क्रममा अचम्भको खुलासा भएको छ। पुलिसले एक जना बंगलादेशी नागरिकलाई जाली दस्तावेजको आधारमा ट्याक्सी चलाएको आरोपमा पक्राउ गरेको छ। आरोपीको पहिचान आजाद शेखको रूपमा भएको छ। बंगलादेशको फरिपुर जिल्ला निवासी आजाद अक्टोबरस, 2023-मा अवैध रूपमा भारतमा आएको थियो।

पुलिस अनुसार गए आइतवार कोलकातामा सड़क दुर्घटना भएको थियो। घटनाको जाँच गर्दा शेखबाट जाली ड्राइभिंग लाइसेन्स, आधार कार्ड, मतदाता परिचय पत्र तथा आयुष्मान भारत योजनाको कार्ड जफत गरियो। यी दस्तावेजहरू भारतीय नागरिकहरूलाई जारी गरिन्छ। त्यसैले एकजना विदेशी नागरिकले यसप्रकारका दस्तावेजहरू बनाउनुले प्रशासनिक सतर्कतामाथि गम्भीर प्रश्न उठाउँछ। पछि उसको घरमा छापा मार्दा बंगलादेशी दस्तावेज पनि भेटिएको छ।

पुलिस अधिकारीले सोमवार बताए, जाँचमा यो पनि थाहा लागेको छ कि जाली दस्तावेज बनाउनमा स्थानीय जफर अली शेखले उसलाई मद्दत गरेको थियो जो उत्तर 24 परगनाको नाजाट क्षेत्रमा बस्छ। पुलिसले उसलाई पनि पक्राउ गरेको छ। दुवै आरोपीलाई अदालतमा पेश गरी पुलिस हिरासतमा लिइएको छ।

यस घटनापछि राज्यमा जाली दस्तावेजको माध्यमबाट अवैध नागरिकहरूको अनुप्रवेशलाई लिएर गम्भीर चिन्ता व्यक्त गरिँदैछ। अधिकारीहरूले आशंका व्यक्त गरेका छन्, राज्यका विभिन्न भागहरूमा यस्ता अन्य मानिसहरू पनि सक्रिय हुनसक्छन् जो जाली पहिचानको सहारामा वर्षौंदेखि यहाँ बस्दै आइरहेका छन्। ममिलाको गम्भीरतालाई मध्यनजर गर्दै सम्बन्धित जाँच एजेन्सीहरूलाई सतर्क गराइएको छ साथै जाँच शुरू गरिएको छ।

यस दुर्घटनामा घाइते एएसआई सुषेण दासको उपचार एक निजी अस्पतालमा भइरहेको छ। पुलिसको भनाइ छ, उनले मामिलाको सतहसम्म पुग्ने प्रयास गरिरहेका छन् ताकि राज्यको सुरक्षा व्यवस्थालाई सशक्त बनाउन सकियोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande