चुनाउपूर्व गड़बड़ी हुनसक्ने आशंका, तृणमूल कंग्रेसले आफ्ना नेताहरूलाई गरायो सतर्क
चुनाउपूर्व गड़बड़ी हुनसक्ने आशंका, तृणमूल कंग्रेसले आफ्ना नेताहरूलाई गरायो सतर्क


कोलकाता, 26 मई (हि.स.)। आगामी वर्ष 2026-मा बंगालको विधानसभा चुनाउ हुन गइरहेको छ। यसको निम्ति सबै दलहरू आ-आफ्नो ढंगममा तयारीमा लागिपरेका छन्। यस चुनाउपूर्व तृणमूल कंग्रेसले आफ्ना सबै नेता तथा कार्यकर्ताहरूलाई होशियार गराएको छ। पार्टीलाई शंका लागेको छ, कतिपय मानिसहरूले चुनाउमा गड़बड़ी गर्ने चेष्टा गरिरहेका छन् भने कतिपय मानिसहरूले समाज सेवाको नाममा घर-घरमा पुगेर हर्दी, खुर्सानी एवं अन्य वस्तुहरू निःशुल्क प्रदान गरी सट्टामा उनीहरूको मोबाइल नम्बर लगायत अन्य जानकारीहरू संग्रह गरिरहेका छन्। यो कुनै षड़यन्त्रको एक भाग हुनसक्ने आशंका पार्टीले व्यक्त गरेको छ।

तृणमूल कंग्रेसले एउटा सर्कुलर जारी गरी सबै विधायक, सांसद एवं कार्यकर्ताहरूलाई आ-आफ्नो क्षेत्रमा नजर राख्नको साथै बूथ स्तरका कार्यकर्ताहरूलाई लिएक बैठक गर्ने निर्देश दिएको छ।

उल्लेखनीय छ, मुख्यमन्त्री ममता ब्यानर्जीले जाली भोटरहरूलाई हटाउनका लागि एउटा टीम बनाएकी छन् अनि सबै जनप्रतिनिधिहरूलाई भनेकी छन्, उनीहरूले आफ्नो क्षेत्रमा पूर्ण सतर्क भएर नजर राखुन्। स्मरण गराइन्छ, काकद्वीप क्षेत्रबाट तृणमूल विधायक मन्टु राम पखिराले भनेका छन्, कतिपय मानिसहरूले पैसा दिएर भोटर लिस्टमा आफ्नो नाम जोड़िरहेका छन्। धेरैजनाले स्वीकारेका छन् कि उनीहरूले हजार रुपियाँ दिएर भोटर कार्ड बनाएका हुन् जसमा छिमेकी देश बंगलादेशबाट आएका मानिसहरू सामेल छन्। अब यहाँ भोट दिने तयारी गरिरहेका छन्। विधायकले लगभग 6 हजार जाली भोटरहरू विरूद्ध सिकायत दर्ता गराएका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande