एसएसबीको कारबाहीमा आठवटा गाई-गोरू जफ्त
एसएसबीको कारबाहीमा आठवटा गाई-गोरू जफ्त


सिलगढ़ी, 27 मई (हि. स.)। नेपालतिर लगिरहेका आठवटा गाई-गोरूहरूलाई सशस्त्र सीमा बल (एसएसबी)-का जवानहरूले जफ्त गरेका छन्। तथापि जवानहरूलाई देखेर तस्करहरू गाई-गोरूहरूलाई छोड़ेर नेपालतिरै भागे। एसएसबीले उक्त गाई-गोरूलाई जफ्त गरी मंगलवार नक्सलबाड़ी थानामा सुम्पिदियो।

प्राप्त जानकारी अनुसार गए सोमवार अबेर राती मेची नदीको बाटो भएर नेपालमा गाई-गोरू तस्करी गरिँदैथ्यो।

एसएसबी सूत्रले बतायो, अबेर राती सीमामा गस्ती गर्ने क्रममा एसएसबीलाई गाई-गोरू तस्करी भइरहेको सूचना प्राप्त भयो। त्यसपछि एसएसबीका जवानहरूले नक्सलबाड़ीको छोटा मनीराममा अभियान संचालन गरे। यस अवधि एसएसबी जवानहरूलाई देख्नसाथ तस्करहरू गाई-गोरू छोड़ेर नेपालतिरै भागे। त्यसपछि जवानहरूले आठवटा गाई-गोरूलाई जफ्त गरी नक्लबाड़ी थानामा सुम्पिदिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande