विक्रोलीमा युवतीले 22 तले भवनबाट हाम फालेर गरी आत्महत्या
विक्रोलीमा युवतीले 22 तले भवनबाट हाम फालेर गरी आत्महत्या


मुम्बई, 27 मई (हि.स.)। विक्रोलीस्थित कन्नमवार नगरमा बिल्डिंग नम्बर- 97 को छतबाट गए राती एकजना 25 वर्षीय युवतीले हाम फालेर आत्महत्या गरी। युवतीको पहिचान हर्षदा टण्डोलकरको रूपमा गरिएको छ। यस घटनाको जानकारी पाउनसाथ विक्रोली पुलिस घटनास्थलमा पुग्यो अनि युवतीको शवलाई कब्जामा लिएर राजावाड़ी अस्पतालमा पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ।

पुलिस अनुसार गए राती सोही भवनमा बस्ने हर्षदा टण्डोलर भवनको 22औं तलाको छतमा गइन् अनि तल हाम फालिन्। सुरक्षा गार्डहरूले यस घटनाको जानकारी पुलिसलाई दिए। त्यसपछि विक्रोली पुलिसले घटनास्थलमा पुगेर शवलाई राजावाड़ी अस्पतालमा पठाइदियो। पुलिसले आत्महत्याको कारण पत्तो लगाउने प्रयास गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande