नेम्सूले बंगलादेशीहरूको नाममा भारतीय अल्पसंख्यकहरूलाई प्रताड़ित गरेको आरोप लगायो
नेम्सूले बंगलादेशीहरूको नाममा भारतीय अल्पसंख्यकहरूलाई प्रताड़ित गरेको आरोप लगायो


बाक्सा (असम), 29 मई (हि.स.)। नर्थ ईस्ट स्टुडेन्ट यूनियन (नेम्सू)-ले आरोप लगाएको छ, भाजपा सरकारले बंगलादेशी नागरिकहरूको नाममा भारतीय मुसलमानहरूलाई सताइरहेको छ। उक्त मन्तव्य बिहीवार गोरेश्वरमा आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा बोडोल्याण्ड टेरिटोरियल कउन्सिल (बीटीसी) नेम्सूका अध्यक्ष हफिजुल इस्लामले व्यक्त गरेका हुन्। उनले राज्य सरकारको घोर आलोचना गरे।

इस्लामले भने, सरकारले विदेशीहरूलाई बाहिर निकाल्नुपर्छ। तर विदेशीहरूको नाममा भारतीय अल्पसंख्यकहरूलाई सताउन बन्द गर्नुपर्छ। उनले सरकारलाई चेताउनी पनि दिए, विदेशीहरूको नाममा भारतीय अल्पसंख्यकहरूलाई सताउनु कुनै पनि स्थितिमा स्वीकार्य छैन।

अर्कोतिर असम सरकारको क्याबिनेटमा लिइएको निर्णय अन्तर्गत अल्पसंख्यक क्षेत्रहरूमा स्वदेशी मानिहरूलाई हतियारको लाइसेन्स जारी गर्ने कदममाथि पनि प्रतिक्रिया दिए। अध्यक्षले भने, के मुख्यमन्त्रीले हतियारहरूको माध्यमबाट अल्पसंख्यक क्षेत्रमा अशान्ति सृजना गर्ने चेष्टा गरिरहेका छन्?

उनले भने, वास्तवमा सरकार आफ्ना नागरिकहरूलाई सुरक्षा प्रदान गर्न पूर्ण रूपले असफल भइरहेको छ। मुख्यमन्त्रीको नेतृत्वमा गृह मन्त्रालय यस क्षेत्रमा विफल रहेको छ। त्यसैले हतियारहरूको लाइसेन्स जारी गरिँदैछ। साथै उनले प्रश्न गरे, के हतियारहरूको माध्यमबाट असममा शान्ति आउनेछ?

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande