मोरीगाउँमा पिकअपको ठक्करले युवकको मृत्यु
मोरीगाउँमा पिकअपको ठक्करले युवकको मृत्यु


मोरीगाउँ (असम), 29 मई (हि.स.)। असमको मोरीगाउँ जिल्ला अधिनस्थ गरैमारी क्षेत्रमा बिहीवार भएको एक भयानक सड़क दुर्घटनामा परी एकजना मानिसको घटनास्थलमै मृत्यु भयो।

माछा लादिएको एएस–21सी–9995 नम्बरधारी बोलेरो पिकअप विपरीत दिशाबाट आइरहेको बाइक (एएस–21डी–8067) आपस्तमा ठोक्कियो जसमा बाइक सवारको घटनास्थलमै मृत्यु भयो।

दुर्घटनापछि पिकअप वाहनको चालक घटनास्थलबाट भाग्यो। मृतकको पहिचान अन्तिम सूचना पाउँदासम्म पनि हुन सकेको थिएऩ। सूचना पाउनसाथ घटनास्थलमा पुगेको पुलिस बलले शवलाई पोस्टमर्टम गर्नको लागि अस्पतालमा पठाएर घटनाको जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande