
कोलकाता, 30 मई (हि.स.) । पश्चिम बंगालको मौसमलाई प्रभावित पार्ने बंगालको खाड़ीको गहिरो निम्न दबाव अब कमजोर भएर सामान्य निम्न दबावमा परिणत भएको छ र बिस्तारै उत्तर-उत्तरपूर्व दिशामा बढ़्दै बंगलादेशमा प्रवेश गरेको छ। तथापि यसको प्रभावले शुक्रवार पनि कतिपय जिल्लाहरूमा घना वर्षा हुने सम्भावना छ।
अलिपुर मौसम विभाग अनुसार पछिल्लो छः घण्टाभित्रमा यस प्रणालीको गति लगभग 20 किलोमीटर प्रतिघण्टा रह्यो भने अब यो बंगलादेशको टांगाइलदेखि लगभग 60 किलोमीटर पश्चिम-दक्षिण पश्चिम तथा ढाकादेखि 110 किलोमीटर पश्चिम-उत्तर पश्चिमको दूरत्वमा अवस्थित छ। पश्चिम बंगालको बहारमपुरदेखि यो लगभग 120 किलोमीटर उत्तर-पश्चिममा अवस्थित छ। आगामी 24 घण्टाभित्रमा यो अझ कमजोर भएर एक चिन्हित निम्न दबाव क्षेत्रको रूपमा उत्तर तर्फ बढ़्ने सम्भावना व्यक्त गरिएको छ।
मौसम विभागले जानकारी दिएको छ, शुक्रवार दक्षिण बंगालको उत्तर 24 परगना, दक्षिण 24 परगना, मुर्शिदाबाद औ नदिया जिल्लामा भारी वर्षा (7-देखि 11 सेन्टीमीटर) हुनसक्छ। शनिवार पूर्व बर्धमान, पश्चिम बर्धमान, बीरभूम औ मुर्शिदाबादमा पनि मेघ गर्जनसितै वर्षा हुनसक्छ। दक्षिण बंगालका अन्य बागहरूमा यसबेला कुनै विशेष चेताउनी जारी गरिएको छैन तथापि कतिपय क्षेत्रहरूमा छुटपुट वर्षा हुनसक्छ।
उत्तर बंगालमा मुसलधारे पानी पर्ने चेताउनी-
उत्तर बंगालमा पहिला नै मानसुनले प्रवेश गरिसकेको छ। आइतवारसम्म केही जिल्लाहरूमा अविरल वर्षा हुने सम्भावना व्यक्त गरिएको छ। शुक्रवार दार्जीलिङ, जलपाईगुड़ी, कालेबुङ, कुचबिहार एवं अलिपुरद्वार ज़िल्लामा अति भारी वर्षा (12 देखि 20 सेन्टीमीटर) हुने सम्भावना छ। यस अतिरिक्त मालदा, उत्तर दिनाजपुर औ दक्षिण दिनाजपुर ज़िल्लामा पनि भारी वर्षा हुनसक्छ।
शुक्रवार कोलकाताको न्यूनतम तापमान 25.6 डिग्री सेल्सियस दर्ता गरियो जुन सामान्यभन्दा 1.6 डिग्री कम हो। बिहीवार अधिकतम तापमान 29.7 डिग्री सेल्सियस रह्यो जुन सामान्यभन्दा 5.4 डिग्री कम हो। मौसम विभाग अनुसार आगामी केही दिनसम्म राज्यका विभिन्न भागहरूमा वर्षाको क्रम जारी रहनसक्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा