ममता ब्यानर्जीले ऋतुपर्णो घोषको पुण्यतिथिमा दिइन् श्रद्धाञ्जलि
ममता ब्यानर्जीले ऋतुपर्णो घोषको पुण्यतिथिमा दिइन् श्रद्धाञ्जलि


कोलकाता, 30 मई (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले शुक्रवार प्रख्यात फिल्म निर्देशक, अभिनेता औ लेखक ऋतुपर्णो घोषलाई उनको पुण्यतिथिमा श्रद्धाञ्जलि अर्पण गरेकी छन्।

ममता ब्यनर्जीले एक्स पोस्टमा लेखिन्, प्रसिद्ध फिल्म निर्देशक ऋतुपर्णो घोषलाई उनको पुण्यतिथिमा मेरो हार्दिक श्रद्धाञ्जलि। सिनेमाको माध्यम जीवित रहुञ्जेलसम्म मानिसहरूले उनको नामलाई सम्मानपूर्वक स्मरण गर्नेछन्।

उनले भनिन्, ऋतु, हामीले तिमीलाई भुलेका छैनौं, हामी तिमीलाई कहिल्यै भुल्नेछैनौं।

स्मरण गराइन्छ, ऋतुपर्णो घोषको निधन 30 मई, 2013-मा भएको थियो। उनले आफ्नो करियरमा 12 वटा राष्ट्रिय पुरस्कारहरू सहित अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरे। बंगाली सिनेमामा उनको नवोन्मेषी योगदानलाई बड़ो आदरको साथमा स्मरण गरिन्छ।

ऋतुपर्णो घोषलाई एकजना संवेदनशील निर्देशकको रूपमा मात्र नभएर समाजका विभिन्न पक्षहरूलाई समेटेर जागरूकता फैलाउने एकजना विचारशील कलाकारको रूपमा पनि चिनिन्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande