बेलुरमा ‘वन्दे भारत’- को लागि नयाँ वर्कशप बनाइनेछः भारतीय रेल
बेलुरमा ‘वन्दे भारत’- को लागि नयाँ वर्कशप बनाइनेछः भारतीय रेल


हावड़ा, 31 मई (हि.स.)। पूर्व रेलवेले बेलुर स्क्र्याप यार्डमा वन्दे भारत एक्सप्रेस ट्रेनहरूको रखरखाउको लागि नयाँ सुविदा विकसित गर्ने योजना बनाएको छ। निर्माण कार्य आगामी केही हप्ताभित्रमा शुरू हुने आशा छ।

पूर्व रेलवेका महाप्रबन्धक मिलिन्द के. देउसकले हालैमा बेलुर स्क्र्याप यार्डको भ्रमण गरी प्रस्तावित वर्कशपको लागि ठाउँ अनि संरचनाको निरीक्षण गरे। उनले बताए, यो स्थान वन्दे भारत एक्सप्रेसको पीरियोडिकल ओबरहोलिंग अर्थात नियमित व्यवस्थापनको लागि पूरअण रूपले उपयुक्त छ। लिलुआ वर्कशपको नजिकै तथा वर्तमान रेलवे नेटवर्कसित जोड़िएको हुनाले यहाँ ट्रेनहरूको व्यवस्थापन प्रक्रिया सजह हुनेछ।

बेलुर मठ स्टेशनसम्म लिलुआ तिरबाट पहिलाबाटै लाइन रहेको छ भने ब्याण्डेल तिरबाट पनि एउटा रेल लाइन पहिला शुरू गरिएको थियो, तर त्यसको निर्माण कार्य वर्षौंदेखिको थाँतीमा रहेको छ। अब रेलवेले थाँतीमा रहेको लाइनलाई पूरा गर्ने योजना बनाइरहेको छ जसबाट वन्दे भारतको ऱ्याकलाई वर्कशपसम्म दुवैतिरबाट ल्याउन सकियोस्।

हावड़ाको डिभीजनल रेलवे म्यानेजर सञ्जीव कुमारले जानकारी गराए, निर्माण कार्य आगामी दुई-तीन हप्ताभित्रमा शुरू गरिनेछ। यस अवधि हावड़ादेखि बेलुर मठबीच ट्रेन सेवालाई अस्थायी रूपमा नियन्त्रण गरिनेछ साथै कतिपय ट्रेनहरूलाई रद्द पनि गर्न सकिन्छ। यस वर्कशपमा वन्दे भारत ट्रेनका कोचहरूको व्यवस्थापनको लागि ओभरहेड इलेक्ट्रिक इन्फ्रास्ट्रक्चर तथा अन्य आवश्यक सुविधाहरूलाई विकसित गरिनेछ। बेलुर स्क्र्याप यार्डभित्र बनिने यस शेडलाई पूर्ण रूपले वन्दे भारत ट्रेनको लागि समर्पण गरिनेछ।

नयाँ वर्कशपको उपयोग पूर्व रेलवे अतिरिक्त दक्षिण-पूर्व औ पूर्व-मध्य रेलवेको वन्दे भारत एक्सप्रेस ट्रेनहरूको व्यवस्थापनको लागि पनि गरिनेछ जसबाट व्यापक स्तरमा यसको उपयोगिता बढ़्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande