कालीगञ्ज उपचुनाउः कंग्रेस उम्मेद्वारलाई वाम दलहरूको समर्थन, त्रिकोणीय स्पर्धा हुने सम्भावना
कालीगञ्ज उपचुनाउः कंग्रेस उम्मेद्वारलाई वाम दलहरूको समर्थन, त्रिकोणीय स्पर्धा हुने सम्भावना


कोलकाता, 31 मई (हि.स.)। पश्चिम बंगालको नदिया जिल्ला अन्तर्गत कालीगञ्ज विधानसभा सीटमा आगामी 19 जूनको दिन हुन गइरहेको उपचुनाउमा अब त्रिकोणीय उम्मेद्वारिता हुने लगभग निश्चित मानिँदैछ। वाममोर्चाले कंग्रेस उम्मेद्वार काबिलुद्दीदन शेखलाई समर्थन गर्ने घोषणा गरेको छ।

अखिल भारतीय कंग्रेस कमिटी (एआईसीसी)-ले गए शुक्रवार साँझ काबिलुद्दीन शेखको नाम घोषणा गऱ्यो। यसको तत्कालैपछि वाम मोर्चाको बठक सम्पन्न भयो जसमा सबै घटक दलहरूले सर्वसम्मतिले कंग्रेस प्रत्याशीलाई समर्थन गर्ने निर्णय लिए।

वाममोर्चाको सहयोगी पार्टी रिभोल्यूशनरी सोशलिस्ट पार्टी (आरएसपी) शुरुमा आफ्नो उम्मेद्वार मैदानमा उतार्न चाहन्थ्यो, तर माकपाका वरिष्ठ नेता तथा वाम मोर्चाका अध्यक्ष बिमान बोसले आरएसपीलाई कंग्रेसलाई साथ दिनको लागि मनाए।

भाजपाले आफ्नो प्रत्याशीको नाम घोषणा गरेको छैन। सत्तारूढ़ तृणमूल कंग्रेस (टीएमसी)-ले भने गत 27 मईमै अलिफा अहमदलाई आफ्नो उम्मेद्वार घोषणा गरिसकेको छ। 38 वर्षीय अलिफा अहमद, पूर्व टीएमसी विधायक नसिरुद्दीन अहमदकी छोरी हुन्।

यस उपचुनाउको लागि नामांकन गर्ने अन्तिम तिथि आगामी 2 जून हो भने 3 जूनमा नामांकन पत्रको जाँच हुनेछ। यसरी नै नाम फिर्ता लिने अन्तिम तिथि आगामी 5 जून हो। मतगणना 23 जूनमा हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande