राज्य चुनाउ आयुक्तलाई राज्यपालले दिलाए शपथ
राज्य चुनाउ आयुक्तलाई राज्यपालले दिलाए शपथ


गुवाहाटी, 1 जून (हि.स.)। राज्यपाल लक्ष्मण प्रसाद आचार्यले आइतवार राजभवनमा आयोजित एक समारोहमा रञ्जन शर्मालाई राज्य चुनाउ आयुक्तको रूपमा शपथ दिलाए। यसपूर्व असम सरकारका मुख्य सचिव डा. रवि कोटाले राज्यपालसित समारोहको कारबाही शुरू गर्ने अनुमति मागे।

शपथ ग्रहण समारोहमा अतिरिक्त मुख्य सचिव डा. जेबी एक्का, अतिरिक्त मुख्य सचिव कल्याण चक्रवर्ती, राज्यपालका आयुक्त एवं सचिव एसएस मीनाक्षी सुन्दरम, वित्त विभागका आयुक्त एवं सचिव वीरेन्द्र मित्तल सहित सरकारका केही वरिष्ठ अधिकारीहरू उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande