
मोरीगाउँ (असम), 1 जून (हि.स.)। मायंगको बरकुरानीमा पशु चोरीको घटनालाई लिएर आइतवार बिहान स्थिति उत्तेजित भयो। पशु चोरीको घटनामा प्रयोग गरिएको एउटा ट्रक (एएस-02डीसी-5220)-मा ग्रामीणहरूले आगो लगाइदिए। साथै दुईजना चोरहरूलाई समातेर पुलिसको अगाड़ि नै ग्रामीणमहरूले मरूञ्जेल कुटे। चोरहरूलाई पुलिसले आफ्नो हिरासतमा लिएको छ। तथापि घटनास्थलबाट अन्य चारजना चोरहरू भाग्न सफल भए।
पुलिस सूत्रले बताएको छ, चोरहरूको गिरोह गए शनिवार राति मायंगको कपौजारीस्थित एउटा घरबाट आठ वटा पशुहरूलाई चोरेर भाग्यो। यसबेला घरका मानिसहरू सुतिरहेका थिए। आइतवार भोर बिहान फेरि चोरहरूको गिरोह पशु चोर्नको लागि आयो। तर यसपालि भने अभाग्यवश चोरहरू असफल भयो।
पक्रा पर्ने दुवै चोरहरूलाई ग्रामीणहरूले कुट्न थालेपछि सम्पूर्ण क्षेत्रमा भएको चोरीलाई यिनीहरूले स्वीकार गरे। गिरोहमा सामेल चोरहरूको घर मायंगको कुसियानी र सिद्धागुरीमा रहेको छ। लामो समयदेखि क्षेत्रमा भइरहेको चोरीका घटनाहरूले गर्दा क्षेत्रवासीमा आतंक फैलिएको थियो। अन्ततः आज दुवै चोरलाई समातियो।
चोरहरूको गिरोहमा सामेल चोरहरूको पहिचान माइनुल, रफिकुल, आसादुल, बाबू, मोशरफ र महमुदुलको रूपमा भएको छ। सूचना पाउनसाथ घटनास्थलमा अतिरिक्त पुलिस बललाई तैनाथ गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा