आग्नेयास्त्र सहित आरोपी पक्राउ
आग्नेयास्त्र सहित आरोपी पक्राउ


सिलगढ़ी, 10 जून (हि.स.)। खोरीबाड़ीमा आग्नेयास्त्र सहित एकजना आरोपीलाई पुलिसले पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीको पहिचान ठाकुरगञ्ज निवासी मोहम्मद मञ्जरको रूपमा गरिएको छ।

पुलिस सूत्र अनुसार खोरीबाड़ीको चक्करमारी संलग्न सिंगियाजोतमा आग्नेयास्त्र आदान-प्रदान भइरहेको गुप्त सूचना मंगलवार अपरान्ह पुलिसलाई प्राप्त भयो। त्यसपछि पुलिसले अभियान संचालन गरी मोहम्मद मञ्जरलाई समात्यो। यस अवधि एकजना आरोपी भाग्न सफल भयो।

पक्राउपछि आरोपीको जाँच गर्दा उसको कब्जाबाट आग्नेयास्त्र अनि एक राउण्ड कारतूस जफ्त गरियो। त्यसपछि आरोपीलाई पक्राउ गरियो। पुलिसले यो पत्तो लगाउनको लागि जाँच गरिरहेको छ कि आरोपीसित अन्य को-को सामेल छन्। बुधवार आरोपीलाई सिलगढ़ी अदालतमा पेश गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande