गुवाहाटी, 10 जून (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले वरिष्ठ विधायक सिद्धार्थ भट्टाचार्यलाई उनको जन्मदिनमा हार्दिक शुभकामना दिएका छन्। मुख्यमन्त्रीले भने, विधायक भट्टाचार्यसित व्यापक अनुभव छ। उनले गुवाहाटीका शहरी क्षेत्रहरूमा सुक्ष्म स्तरमा विकास सुनिश्चित गर्नका लागि गम्भीर प्रयास गरिरहेका छन्।
मुख्यमन्त्रीले कामाख्या माँ अनि महापुरुष श्रीमन्त शंकरदेवसित विधायक भट्टाचार्यको दीर्घ एवं स्वस्थ जीवनको प्रार्थना पनि गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा