
धुबड़ी, 11 जून (हि.स.)। धुबड़ी मन्दिरमा गौमांस जफत गरिएको घटना तथा त्यसपछि उत्पन्न भएको स्थितिको समीक्षाको निम्ति आईजीपी अखिलेश कुमार सिंहले दौड़ाह गरे। उनले स्थानीय पुलिस अधिकारीहरूलाई भेटेर स्थितिको जायजा लिए।
आईजीपी सिंहले जानकारी दिए, मन्दिर परिसरमा संदिग्ध घटनालाई लिएर दुई मामिला दर्ता गरिएको छ र अहिलेसम्म सात व्यक्तिलाई हिरासतमा लिइएको छ।
अर्कोतिर, गत तीन दिनदेखि धुबड़ीमा बनेको तनावपूर्ण स्थिति अब बिस्तारै सामान्य भइऱहेको छ। स्थितिमा बिस्तारै सुधारको मध्यनजर शहरमा लागू गरिएको भारतीय दण्ड संहिताको धारा 163(1) लाई हटाइएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी