दुर्गापुर (पश्चिम बर्दवान), 10 जून (हि. स.)। दुर्गापुरको महानन्द पल्ली क्षेत्रमा जुवा अनि मदिराको विरोध गर्दा एकजना व्यक्तिले ठूलो मूल्य चुकाउनु पऱ्यो। आरोप छ, गए सोमवार अबेर राती उपद्रवीहरूले जुवा र मदिराको थानामा सिकायत गर्ने व्यक्तिको वाहन नै जलाइदिए।
यस सन्दर्भमा पुलिसले मंगलवार बतायो, यस मामिलामा दुईजना उपद्रवीहरूलाई पक्राउ गरिएको छ भने तेस्रो आरोपीलाई खोजिँदैछ। पीड़ित सुबिर सरकारले आरोप लगाए, घर छेउमा दिनहुँ रक्सी र जुवा पार्टी हुन्छ। अबेर रातीसम्म गाली-गलौच हुन्छ। उनले यसको विरोधमा थानामा लिखित सिकायत दर्ता गराएका थिए।
कोक ओवन थानाको पुलिस घटनाको जाँच गर्न गएको थियो। आरोप छ, उपद्रवीहरूले पुलिस सामु नै उक्त व्यक्तिलाई धम्काइरहेका थिए। पुलिसले घटनास्थलबाट उपद्रवीहरूको बाइकलाई जफ्त गरेको थियो। उपद्रवीहरूले सुबिर सरकारको घर सामु राखिएको चार चक्के वाहनलाई गए सोमवार राती आगो लगाइदिए। आगलागीको घटनापछि सम्पूर्ण क्षेत्रमा भय व्याप्त भयो। पछि आगोलाई नियन्त्रण गरियो। घटनालाई लिएर थानामा सिकायत दर्ता गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा