कोलकाता, 10 जून (हि.स.)। कोलकाताको उल्टाडांगा क्षेत्रमा गए सोमवार अबेर राति भएको एक दुस्साहसिक चोरीको घटनाले सम्पूर्ण क्षेत्रमा सन्त्राष फैलाएको छ। घटना उल्टाडांगा थानादेखि मात्र 3 सय मीटर टाड़ामा अवस्थित एक बहुतलले भवनमा भएको हो जहाँ एक बुजुर्ग दम्पति सुतिरहेका थिए। राति अँध्यारोमा चोर झ्यालको ग्रिल काटेर घरभित्र पस्यो। पीड़ित परिवारको दाबी छ, चोरले लगभग 1.25 करोड़ रुपियाँको सुन र हिराका गहनाहरू सहित नगद लिएर टाप कस्यो।
परिवारले शंका व्यक्त गरेको छ, चोरहरूले घटनापूर्व घरभित्र नशालु औषधि वा कुनै स्लीपिंग स्प्रे गरेका थिए, किनभने सामान्य रूपमा निन्द नआउने दम्पति त्यस राति गहिरो निन्दमा डुबेका थिए।
बिहान लगभग 6:30 बजी महिलाको निन्द खोलिँदा उनले घरको झ्याल भत्किएको पाइन् अनि अलमारी पनि खुल्लै थियो। घरका सबै सामानहरू यत्रतत्र छरिएका थिए। अलमारीमा राखिएको मूल्यवान गहना र नगद थिएन।
बुजुर्ग दम्पतिका छोरा अनुसार पिता हृद रोगी हुन् भने आमा डायबिटिक। दुवैलाई प्रायःजसो राति निद्रा लाग्दैन, तर त्यस राति दुवै बिहानसम्म गहिरो निद्रामा थिए। बिहान आमा उठेर हेर्दा झ्याँलको ग्रिल भत्किएको थियो भने समानहरू फैलिएका थिए। हामीले जुन अनुमान लगाएका छौं त्यसानुसार लगभग 1.25 करोड़ रुपियाँको गहना र नगद चोरी भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा