मुर्शिदाबाद, 10 जून (हि. स.)। जिल्लाको भागवानगोला थाना अन्तर्गत सुवर्णमोबर्गी डाक बंगला क्षेत्रमा एकजना व्यक्तिको शव घर नजिकै एउटा पसलमा झुण्डिरहेको अवस्थामा भेटियो। मृतकको पहिचान अल्ताफ शेख (55)- को रूपमा भएको छ। घटनापछि मृतककी पत्नी बेपत्ता भएकी छे।
स्थानीय सूत्र अनुसार मृतककी पत्नीको गाउँकै एकजना युवकसित अवैध सम्बन्ध थियो। घटना घटेदेखि नै उक्त युवकको बारेमा कुनै सुइँको पाइएको छैन। स्थानीय मानिसहरूले सन्देह व्यक्त गरिरहेका छन्, दुवैले मिलेर अल्ताफको हत्या गरेको हो र दुवै नै भागेका छन्।
मंगलवार बिहान डाकबंगला क्षेत्रमा बनपुलको छेवैमा रहेको एउटा खाली पसलबाट अल्ताफ शेखको झुण्डिरहेको शवलाई उद्धार गरियो। उसको गलामा डोरी बाँधिएको थियो। शवलाई स्थानीय मानिसहरूले देखेका थिए। स्थानीयहरूले पुलिसलाई सूचना दिए। खबर पाउनसाथ पुलिस घटनास्थलमा पुग्यो। पुलिसले शवलाई उद्धार गरी कनापुकुर अस्पतालमा पठाइदियो।
स्थानीय सूत्र अनुसार अल्ताफ शेख विगत धेरै वर्षदेखिको अन्य राज्यमा काम गर्दै आइरहेका थिए। ईद मनाउनको लागि तिनी घर फर्केका थिए। घरमा आएपछि तिनलाई थाहा लाग्यो, छिमेककै एकजना युवकसित पत्नी इदोला बीबीसित अवैध सम्बन्ध रहेको छ। यस सम्बन्धमा तिनको पत्नीसित धेरै भनाबैरी पनि भएको थियो। पुलिसले अल्ताफकी पत्नी अनि प्रेमीलाई खोजिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा