पुरुलिया, 10 जून (हि. स.)। शुरूमा अत्यधिक विलम्ब, योजनामा कैयौं पटक फेरबदल अनि भूमि विवादको कारणले पुरूलिया जिल्लामा 'जेआईसीए' परियोजनाको काम समयमा शुरू हुन सकेन। काम कहिले पूरा हुन्छ भन्ने विषयमा पनि लगातार बहस भइरहेको छ। यसै वर्षको मार्च महिनासम्ममा यो परियोजनाको ट्रायल रन शुरू हुने अनि जनतालाई फिल्टर गरिएको पिउने पानी दिइने बताइएको थियो।
प्रशासनिक अधिकारीहरूको दाबी छ, जेआईसीए परियोजनाबाट पानी पाउनका लागि क्षेत्रवासीले थप छह महिना प्रतीक्षा गर्नुपर्नेछ।
लोक स्वास्थ्य तकनिकी विभागका जिल्ला अभियन्ता सनत अधिकारीले भने, जेआईसीए परियोजनाको काम युद्धकालीन गतिविधिको रूपमा भइरहेको छ। हामी आगामी 30 नोभेम्बरसम्ममा काम पूरा गर्ने कुरामा हामी पूर्ण आशावादी छौं।
उल्लेखनीय छ, तृणमूल सरकार सत्तामा आएपछि वर्ष 2013-14 मा जापानको वित्तीय सहयोगमा जेआईसीए (जापान अन्तर्राष्ट्रिय सहयोगी एजेन्सी) परियोजना अन्तर्गत पुरूलिया जिल्लाको एक विशाल क्षेत्रमा पिउने पानीको समस्या हल गर्नको लागि केन्द्र अनि राज्यको एक संयुक्त पहल गरिएको थियो। परियोजनाको डिजाइन पनि परिवर्तन गरियो। परियोजनाको लागि अन्तिम स्वीकृति वर्ष 2019-मा प्राप्त भएको थियो। 1296 करोड़ रुपियाँ आवन्टन गरिएको थियो। यस परियोजना अन्तर्गत मुकुटमणि जलाशयबाट पानी तानेर ल्याएको पानीलाई फिल्टर गरी जिल्लाका दक्षिण अनि पूर्वी भागका पाँच प्रखण्डहरूमा आपूर्ति गरिने निश्चय गरियो।
जिल्ला प्रशासनका एक जना वरिष्ठ अधिकारीले बताए, भूमि अतिक्रमणको कारणले परियोजनाको काममा धेरै विलम्ब भएको छ। लगभग 17-18 महिना ढिलो भइसकेको छ। साथै मुकुटमणि जलाशयको 'पाइलिंग' गर्ने क्रममा मुनि ढुङ्गा आइरहेकोले काममा बाधा पुगिरहेको छ। यसमा तय समयभन्दा डेढ गुणा अधिक लागिरहेको छ। कैयौं पटक पाइलिंग गर्दा पानी पसेर पनि काममा बाधा पुऱ्यायो।
राजनातिक विशेषज्ञहरूको प्रश्न छ, यदि जेआईसीए परियोजना लागू भयो भने पुरूलिया शहर लगायत 5 वटा ब्लकका मानिसहरू लाभान्वित हुनेछन्, तर अन्य 15 वटा ब्लकका मानिसहरू अहिले पनि पानीको समस्यासित जुझिरहेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा