भारी मात्रामा अंग्रेजी मदिरा जफत, आरोपी पक्राउ
भारी मात्रामा अंग्रेजी मदिरा जफत, आरोपी पक्राउ


गुवाहाटी, 10 जून (हि.स.)। गुवाहाटी महानगरको वशिष्ठ पुलिस एवं जोराबाट पुलिस चौकीको संयुक्त अभियानको क्रममा भारी मात्रामा मेघालयमा बिक्रीको निम्ति निर्मित अंग्रेजी मदिरालाई असमको मार्ग भएर मिजोरर लगिरहेको एउटा ट्रकलाई जफत गरेको छ।

पुलिसले मंगलवार बतायो, गुवाहाटीदेखि आइजोल (मिजोरम)-सम्म भारी मात्रामा अंग्रेजी मदिरा लगिरहेको इनपुटको आधारमा अभियान संचालन गरियो। अभियान अवधि जोराबाट नाका चेकिंग प्वोइन्टमा एउटा ट्रक (एएस-28एसी- 0703)- लाई रोकियो। जाँच गर्दा ट्रकभित्र नुडलका प्याकेटहरू मुनि प्रचुर मात्रामा लुकाएर राखिएको विभिन्न ब्राण्डका अंग्रेजी मदिरा (जुन मेघालय राज्यभित्र मात्र बिक्री गर्ने अनुमति छ)- लाई जफत गरियो।

ट्रकबाट किंगफिशर स्ट्रंग बीयरका 86 वटा डब्बा (प्रत्येक डब्बामा 500 मिली लीटरको 24 वटा क्यान बीयर), म्याकडवेल्स नम्बर 1 ओरिजिनलका 74 वटा डब्बा (प्रत्येक डब्बामा 180 मिली लीटरको 48 वटा बोतल), म्याकडवेल्स नम्बर 1 ओरिजिनलका 40 वटा डब्बा (प्रत्येक डब्बामा 375 मिली लीटरको 24 वटा बोतल), म्याकडवेल्स नम्बर 1 रमका 40 डब्बा (प्रत्येक डब्बामा 180 मिली लीटरका 48 वटा बोतल), म्याकडवेल्स नम्बर 1 रमका 35 डब्बा (प्रत्येक डब्बामा 375 मिली लीटरका 24 वटा बोतल), रोयल स्ट्यागको 40 वटा डब्बा (प्रत्येक डब्बामा 375 मिली लीटरका 24 वटा बोतल), रोयल स्ट्यागका 45 वटा डब्बा (प्रत्येक डब्बामा 180 मिली लीटरका 48 वटा बोतल), रोयल स्ट्यागका 40 वटा डब्बा (प्रत्येक डब्बामा 750 मिली लीटरका 12 वटा बोतल) जफत गरियो। यस मामिलामा पुलिसले वाहन चालक गौतम दास (31, जालुकबारी, गुवाहाटी)- लाई पक्राउ गरेको छ। मामिलाको जाँच गरिँदैछ।

-

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande