कोलकाता, 10 जून (हि. स.)। भारतीय सेनाद्वारा पाकिस्तानमा गरिएको सैन्य कारबाहीको समर्थनमा पश्चिम बंगाल विधानसभामा प्रस्ताव ल्याइँदैछ। यस प्रस्ताव अन्तर्गत भारतीय सेनाको पराक्रममाथि विधानसभामा चर्चा हुनेछ। विधानसभा अध्यक्ष बिमान ब्यानर्जीले उक्त प्रस्तावलाई सदनमा पेश गर्नेछन् भने मुख्यमन्त्री ममता ब्यानर्जी स्वयं यस प्रस्तावमाथि हुने चर्चामा सामेल हुनेछन्।
तृणमूल कंग्रेसको पक्षबाट बताइएको छ, यस संवेदनशील मुद्दामा वक्ताहरूको सूची अत्यारार स्पष्ट निर्देश दिइएको छ, कुनै पनि यस्तो वक्ता नहोस् जसको वक्तव्यबाट अनावश्क विवाद उत्पन्न हुनसक्छ। त्यसैले वक्ताहरूको सूचीमा राज्यका विभिन्न जिल्लाहरूबाट आएका विभिन्न समुदायका प्रतिनिधिहरूलाई स्थान दिइएको छ।
मुख्यमन्त्री ममता ब्यानर्जीलाई यस चर्चामा सबैभन्दा अधिक समय दिइनेछ। उनी बाहेक राज्यका शिक्षा मन्त्री ब्रात्य बसु, वित्त राज्यमन्त्री चन्द्रिमा भट्टचार्य अनि वन मन्त्री बिरबाहा हांसदाले पनि चर्चामा भाग लिनेछन्।
यस सूचीमा मन्त्रीहरू अतिरिक्त बागदाकी विधायक मधुपर्मा ठाकुरलाई पनि सामेल गरिएको छ जो मतुआ समुदाय अनि बन गाउँका ठाकुर परिवारबाट आएकी हुन्। यसको साथै इटाहारबाट विधायक मोशरफ हुसैन जसले अल्पसंख्यक समुदायलाई प्रतिनिधित्व गर्दछ,-ले पनि यस प्रस्तावमाथि वक्तव्य राख्नेछन्।
स्मरण गराइन्छ, तृणमूल कंग्रेसलेआतंकवाद विरोधी कारबाहीलाई समर्थन गरेको भए पनि ‘अपरेशन सिन्दूर’-लाई लिएर केन्द्र सरकारको आलोचना पनि गरेको छ। पार्टीका वरिष्ठ नेताहरू जस्तै मन्त्री उदयन गुहा अनि विधायक नरेन चक्रवर्तीले प्रधानमन्त्रीको नाम उच्चारण नगरी यस सैन्य कारबाहीको राजनीतिकरणमाथि प्रश्न उठाएका थिए। मुख्यमन्त्री ममता ब्यानर्जीले पनि यस मुद्दामा सार्वजनिक रूपमा आफ्नो सहमति व्यक्त गरिसकेकी छन्। यस स्थितिमा पार्टीको रणनीति छ, विधानसभामा यस विषयमा चर्चा हुँदा कुनै प्रकारको नयाँ विवाद उत्पन्न नहोस्।
अर्कोतिर भाजपाले पनि आफ्ना वक्ताहरूको सूची तयार गरिरहेको छ। पार्टी सूत्र अनुसार नेता प्रतिपक्ष शुभेन्दु अधिकारी, मुख्य सचेतक शंकर घोष, बालुरघाटबाट विधायक एवं अर्थशास्त्री अशोक लाहिड़ी तथा आसनसोल दक्षिणबाट विधायक अग्निमित्रा पलले यस चर्चामा भाग लिन सक्नेछन्।
विधानसभामा यस प्रस्तावमाथि चर्चा गर्नको लागि मंगलवार दुई घण्टाको समय निर्धारण गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा