गुवाहाटी, 10 जून (हि.स.)। गुवाहाटीको रुक्मिणी गाउँस्थित नेहा अपार्टमेन्टमा मेघालय पुलिसले गए सोमवार राति छापा माऱ्यो। यो कारबाही अपार्टमेन्टमा बस्दै आएकी नम्रता बोराको फ्ल्याटमा गरिएको हो।
सूत्र अनुसार छापामारी अवधि नम्रता बोराको एउटा मोबाइल फोनलाई जफत गरियो। फ्ल्याटको चाबी पहिला नै आरोपीले पुलिसलाई सुम्पिदिएको थियो।
मेघालयको नोंगपो पुलिसले जाँचको सिलसिलामा उक्त मोबाइललाई जफत गरेको हो। लगभग 40 मिनटसम्म भएको यो कारबाहीपछि मेघालय पुलिस फर्कियो।
उल्लेखनीय छ, गत साता अबेर राति मेघालयको नोंगपोमा साथीहरूसित गइरहेकी नम्रता बोराको वाहनमै रहस्यमय ढंगमा मृत्यु भएको थियो। यस घटनालाई लिएर राज्यमा व्यापक चर्चा भइरहेको छ। असम सरकारले पनि यस मामिलाको जाँचको लागि मेघाल सरकारलाई आग्रह गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा