अनलाइन ठगी गिरोहको भण्डाफोर, तीनजना आरोपी समातिए
अनलाइन ठगी गिरोहको भण्डाफोर, तीनजना आरोपी समातिए


दक्षिण दिनाजपुर, 10 जून (हि.स.)। पुलिसले देशभरि नै अनलाइन ठगी गरेको आरोपमा तीनजना मानिसहरूलाई पक्राउ गरेको छ। बालुरघाट साइबर क्राइम थाना अनि दक्षिण दिनाजपुर जिल्ला पुलिसको स्पेशल अपरेशन ग्रुपले गए सोमवार राती कुमारगञ्ज थानाका विभिन्न क्षेत्रहरूमा छापा मारेर यस गिरोहका सदस्यहरूलाई पक्राउ गरेको छ।

बालुरघाट डीएसपी मुख्यालय विक्रम प्रसादले मंगलवार एक संवाददाता सम्मेलनमा उक्त आशय बारे बताए। पुलिस सूत्र अनुसार पक्रा पर्ने आरोपीहरूमा बुलबुल हुसैन मण्डल, ज्वेल सरकार औ मोमिनुर मण्डल सामेल छन्। यी आरोपीहरूलाई कुमारगञ्ज थानाको दत्तामाटी, विश्वनाथपुर र कालना क्षेत्रबाट पक्राउ गरिएको हो।

आरोप छ, आरोपीहरूले आम मानिसहरूलाई लोन वा पैसाको प्रलोभन देखाएर ब्यांक अकाउण्ट बनाउँथे। त्यसपछि त्यस अकाउण्ट र सिम कार्डको माध्यमबाट विभिन्न मानिसहरूलाई अनलाइन वित्तीय ठगी गर्दथे। पक्रा पर्ने आरोपीरूबाट ठूलो संख्यामा एटीएम कार्ड, नक्कली सिम कार्ड अनि मोबाइल फोन जफ्त गरिएको छ।

बालुरघाट डीएसपी मुख्यालय विक्रम प्रसादले बताए, पक्रा पर्ने आरोपीहरूलाई बालुरघाट अदालतमा पेश गरी पुलिस रिमाण्डमा लिइनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande