कोलकाता, 10 जून (हि. स.)। पुलवामा नजिकै पहलगाममा भएको आतंकवादी हमलापछि भारतीय सेनाद्वारा संचालित सफल 'अपरेशन सिन्दूर'- को गुञ्ज मंगलवार पश्चिम बंगाल विधानसभामा घनिभूत भयो। विधानसभामा यस अभियानको सराहना गर्दै शिक्षामन्त्री ब्रात्य बसुले यसलाई पूर्ण रूपले सेनाको श्रेय बताए। उनले सेनाको वीरतालाई सलाम मात्र गरेनन्, देशभक्ति गीत पनि गाएर सुनाए। यद्यपि यस अवधि उनले गुप्तचर तन्त्रको विफलतालाई लिएर पनि गम्भीर प्रश्न उठाए।
विधानसभा अध्यक्ष विमान ब्यनर्जीले यस अभियानलाई लिएर भारतीय सेनाको पराक्रमलाई सलाम गर्दै एउटा प्रस्ताव पेश गरे जसमाथि चर्चा भइरहेको समय ब्रात्य बसुले भने, अपरेशन सिन्दूर कुनै राजनीतिक दलको उपलब्धि होइन। यो पूर्ण रूपले भारतीय सेनाको साहसिक कारनामा हो। उनले सेनाको बलिदानलाई श्रद्धाञ्जलि अर्पण गर्दै देशभक्ति गीत गाएर सुनाए जसबाट सदनको वातावरण भावुक भयो।
गुप्तचर तन्त्रमाथि उठ्यो प्रश्न, भाजपाले गऱ्यो विरोध-
ब्रात्य बसुले पहलगाम हमलालाई लिएर गुप्तचर एजेन्सीहरूको भूमिकामाथि प्रश्न उठाउँदै भने, यति ठूलो चूक कसरी भयो, यसको जवाफदेही तय हुनुपर्छ। उनले केन्द्रिय गुप्तचर तन्त्रको विफलतामाथि लक्षित गरे। उनको यस बयानमाथि नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले तीव्र विरोध गरे।
अर्कोतिर भाजपा विधायकहरूले यस कुराको पनि विरोध गरे, प्रस्तावमा 'अपरेशन सिन्दूर'-को नाम स्पष्ट रूपमा किन उल्लेख गरिएन? भाजपा विधायक असिम सरकारले पनि यस मुद्दामा गीत गाउँदै भारतीय सेनालाई सलाम गरे अनि नामलाई हटाएकोमा असन्तुष्ट व्यक्त गरे।
'मिनी पाकिस्तान'-माथि चर्काचर्की, सदनको वातावरण गर्मियो
चर्चामा भाजपाका केही विधायकहरूले राज्यका कतिपय क्षेत्रहरूलाई 'मिनी पाकिस्तान'-को संज्ञा दिँदै त्यहाँको स्थितिमाथि चिन्ता व्यक्त गरे। यसको जवाफमा सत्तापक्षले यस बयानको आलोचना गर्दै भन्यो, यस्तो टिप्पणीले राज्यको छविलाई धमिल्याउँछ।
यस सम्पूर्ण घटनाक्रममा मुख्यमन्त्री ममता ब्यनर्जीले पनि चर्चामा भाग लिइन् साथै सेनाको बहादुरीको प्रशंसा गरिन्, तर गुप्तचरको विफलतामाथि भने मौनता अंगालिन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा