नयाँ दिल्ली, 10 जून (हि.स.)। सार्वजनिक क्षेत्रको कम्पनी एसबीआई क्यापिटल मार्केट्सले दिव्यांगहरूको सुविधाको लागि सफदरजंग अस्पतालमा विशेष शौचालयहरूको सुविधा प्रदान गरेको छ। यो सुविधालाई एसबीआई सीएपीएसको सीएसआर फण्डबाट विकसित गरिएको हो।यस परियोजनाको नेतृत्व प्रोफेसर एवं सल्लाहकार प्रो. अमिता साहनीले गरिन् जो स्वयं एकजना दिव्यांग हुन्। प्रो. साहनीले स्वास्थ्य सेवा संस्थानहरूमा रहेका बुनियादी सुविधासम्म पुग्नमा दिव्यांगहरू समक्ष आइलाग्ने दैनिक चुनौती तथा कठिनाईरूलाई पहिलाबाटै बुझेपछि यो पहल गरेकी हुन्। मंगलवार यस सुविधाको शुरूआत गरियो। यस अवसरमा अस्पतालका चिकित्सा अधीक्षक डा. सन्दीप बन्सल, एसबीआई सीएपीएसका कार्यकारी उपाध्यक्ष मुकुल मोदी अनि सीनियर उपाध्यक्ष एसके अरोड़ा उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा