कोलकाता, 10 जून (हि.स.)। बितेका केही दिनदेखिको कोलकाता एवं दक्षिण बंगालमा व्याप्त प्रचण्ड गर्मी अनि अत्यधिक आद्रताको कारण जनजीवन प्रभावित भइरहेको छ। चर्को घाम सहित निरन्तर बढ़िरहेको आद्रताले मानिसहरूलाई विभिन्न समस्याको सामना गर्न परिरहेको छ। तथापि मौसम विभागले राहतको खबर दिएको छ। अलिपुरस्थित भारतीय मौसम विभाग अनुसार बुधवारदेखि दक्षिण बंगालमा वर्षा हुनसक्छ जसबाट मानिसहरूले केही राहत पाउनेछन्।
मंगलवार कोलकाता, हावड़ा, हुगली, बर्दमान, बीरभूम, नदिया, मुर्शिदाबाद औ उत्तर 24 परगनामा पानी पर्ने सम्भावना छैन भन्दा पनि हुन्छ। यी क्षेत्रहरूमा अधिक तापमान अनि अधिक आद्रताको कारण असहज स्थिति उत्पन्न भएको छ। तथापि बुधवारदेखि स्थिति फेरिनसक्छ। मौसम विभागले मेघ गर्जनसितै तीव्र हावा अनि पानी पर्ने अनुमान लगाएको छ। हावाको गति 40-50 किलोमीटर प्रतिघण्टासम्म हुनसक्छ।
यसैबीच उत्तर एवं दक्षिण 24 परगना, बीरभूम, नदिया औ मुर्शिदाबादमा तीव्र हावा अनि सम्भावित वर्षालाई मध्यनजर गर्दै यल्लो अलर्ट जारी गरिएको छ। आगामी बिहीवारसम्ममा दक्षिण बंगालका विभिन्न भागहरूमा वर्षा हुने सम्भावना छ। त्यसपछि केही दिनसम्म छुटपुट वर्षा हुने स्थिति उत्पन्न हुनसक्छ।
कोलकातामा मंगलवार आकाश सामान्यतः सफा रहनेछ भने कतिपय क्षेत्रहरूमा आंशिक रूपमा बादल लाग्नेछ। दिउँसो तापमानमा विशेष ह्रास हुने सम्भावना नभए पनि बुधवार साँझदेखि नै शहरमा मध्यम वर्षा हुने सम्भावना व्यक्त गरिएको छ।
वर्षाको कारण तापमान अस्थायी रूपमा घट्नसक्छ। यद्यपि मौसम विभागको भनाइ छ, आगामी तीन दिनसम्म तापमानमा त्यति धेर परिवर्त हुनेछैन। सप्ताहको अन्तमा भने तापमान 2-3 डिग्री सेल्सियससम्म बढ़्नसक्छ।
यता उत्तर बंगालमा मनसुनले पहिला नै प्रवेश गरिसकेको छ। यस हप्ता त्यहाँ हल्कादेखि मध्यम वर्षा भरहनेछ। वर्तमानमा घना वर्षाको कुनै चेताउनी जारी गरिएको छैन। तापमान स्थिर रहने आशा छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा