मुर्शिदाबाद, 10 जून (हि.स.)। जिल्लाको रघुनाथगञ्ज थाना अन्तर्गत गिरिया क्षेत्रमा गए सोमवार राती राजनीतिक शत्रुताको कारणले एकजना व्यक्तिको विभत्स हत्या गरियो। मृतकको पहिचान मोहम्मद बाबलु शेख (52)- को रूपमा भएको छ जो हालैमा ईदको अवसरमा आफ्नो गाउँ पटलाटोला फर्केका थिए।
उल्लेखनीय छ, पछिल्लो लोकसभा चुनाउमा कंग्रेस उम्मेद्वारलाी पटलाटोला गाउँबाट लगभग सय भोट प्राप्त भएको थियो। त्यसपछि तृणमूल समर्थकहरूलाई शंका लागेको थियो, बाबलू शेख र उनको परिवारले विपक्षलाई मतदान गरिरहेका छन्। त्यसैले उनीहरूलाई विगत लामो समयदेखिको गाउँ बाहिर बस्नुपऱ्यो।
हालैमा ईद पर्वको अवसर पारेर बाबलू शेख आफ्नो परिवारसित गाउँ फर्केका थिए। गए सोमवार साँझ बाबलू गाउँको एक चिया पसलमा बसेका थिए। यसै बेला केही अज्ञात आक्रमणकारीहरूले तिनीमाथि अचानक हमला गरे। प्रत्यक्षदर्शीहरू अनुसार फलामको रडले उनलाई कुटेका थिए। गम्भीर अवस्थामा तिनलाई तत्कालै जंगीपुर महकुमा अस्पतालमा लगियो जहाँ डाक्टरहरूले तिनलाई मृत घोषित गरिदिए।
घटनापछि क्षेत्रमा तनाउ व्याप्त भएको छ। सूचना पाउनसाथ पुलिस घटनास्थलमा पुग्यो अनि मामिलाको जाँच शुरू गऱ्यो। शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ।
पुलिस अधिकारीहरूको भनाइ छ, घटनाको हरेक पाटो र पक्षको जाँच गरिँदैछ। अहिलेसम्म कसैलाई पनि पक्राउ गरिएको छैन, तर चाँड़ै नै आरोपीलाई पक्राउ गरिनेछ। पुलिस बलको तैनाथी बढ़ाइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा