कछार (असम), 10 जून (हि.स.)। कछार पुलिसले प्रचुर मात्रामा याबा ट्याबलेट समेत दुई जना ड्रग्स तस्करहरूलाई पक्राउ गरेको छ। यस आशयको जानकारी राज्यका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले दिएका हुन्। मुख्यमन्त्रीद्वारा सोशल मीडिया एक्समा दिइएको जानकारी अनुसार दुई सफल मादक पदार्थ विरोधी अभियानहरूमा कछार पुलिसले ठूलो सफलता हासिल गरेको छ।
उनले बताएका छन्,विश्वसनीय गोप्य जानकारीको आधारमा पुलिसले दुई ब्याक-टु-ब्याक अभियानहरूमा 45 करोड़ रुपियाँको 1.5 लाख याबा ट्याबलेट जफत गरेको छ। यस मामिलामा दुई जना मानिसहरूलाई पक्राउ गरिएको छ।
तस्करहरूले बड़ो चतुराईपूर्वक एलपीजी ग्यासको सिलेण्डरभित्र याबा ट्याबलेटलाई लुकाएर लगिरहेका थिए। पुलिसले यस सम्बन्धमा एऩडीपीएस एक्ट अन्तर्गत प्राथमिकी दर्ता गरी मामिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा