मोदी सरकारमा पूर्वोत्तरमा इन्सरजेन्सीको ठाउँ निवेशले लिएको छ: केन्द्रिय राज्यमन्त्री मार्गेरिटा
Bjp-sikkim-press-conference


गान्तोक, 10 जून (हि.स.)। केन्द्रिय राज्यमन्त्री पबित्रा मार्गेरिटाले केन्द्रमा एनडीएको सरकार गठन भएपछि पूर्वोत्तर राज्यहरूमा शान्ति स्थापना भएको र विकासका कार्यहरूले तीव्रता पाएको बताएका छन्। उनले पूर्वोत्तर एक समय विद्रोहले ग्रस्त थियो, तर आज विद्रोहको ठाउँ निवेशले लिएको छ भनी बताएका छन्।

केन्द्रिय राज्यमन्त्री मार्गेरिटा आज राजधानीस्थित भाजपा सिक्किमको शहर कार्यालयमा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै थिए। मोदी सरकारले केन्द्रमा 11 वर्षको कार्यकाल पूरा गरेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उनले केन्द्र सरकारका विभिन्न उपलब्धिहरूमाथि प्रकाश पारेका थिए।

उनले प्रधानमन्त्री नरेन्द्र मोदीको कुशल नेतृत्वमा भारतले प्रगति मात्र गरिरहेको छैन, तर देश आत्मनिर्भरताको दिशामा अग्रसर बनिरहेको बताए। उनले देश आज हरेक क्षेत्रमा अगाडि बढ्नुका साथै देशको गर्वका साथ उत्थान पनि भइरहेको बताए। उनले मोदी सरकारमा पूर्वोत्तर राज्यहरूको पनि द्रुत गतिमा विकास भइरहेको छ भने।

एनडीएको सरकारले पूर्वोत्तर राज्यहरूलाई उच्च प्राथमिकता दिइरहेको बताउॅंदै विगत 11 वर्षमा 65 भन्दा धेरै पटक देशका प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्वोत्तरको भ्रमण गरेको जानकारी गराए। यसैगरी, केन्द्रिय मन्त्रीहरूले पनि पूर्वोत्तरका राज्यहरूको 700 भन्दा धेरै पटक भ्रमण गरिसकेको अवगत गराउॅंदै पहिले यस्तो कहल्यै नभएको दाबी गरे।

उनले एनडीएको सरकार गठन भएयता पूर्वोत्तरमा इन्सरजेन्सी 70 प्रतिशत कम भएको दाबी गरे। केन्द्रिय राज्यमन्त्रीले आज पूर्वोत्तरमा निवेशले इन्सरजेन्सीको स्थान लिएको छ भनी बताए। एनडीएको सरकारले डोनर मन्त्रालयको बजेट आवण्टनमा 408 प्रतिशत वृद्धि गरेको पनि उनले जानकारी गराए। देशको यस भागमा अहिले पूर्वाधार, सामाजिक, सांस्कृतिक, शिक्षा, स्वास्थ्य आदि जस्ता क्षेत्रहरूमा व्यापक कार्य भइरहेको उनले बताए।

उनले सिक्किमको सन्दर्भमा कुरा राख्दै यतिका वर्षसम्म पनि सिक्किम देशको रेलवे मानचित्रमा नहुनु आश्चर्यको विषय हो भनी बताए। तर, मोदी सरकारको नेतृत्वमा अब सिक्किम पनि चॉंडै रेलवेको मानचित्रमा समावेश हुन लागिरहेको उनले बताए। उनले सिक्किमको एकमात्र हवाईअड्डा पाकिम ग्रीनफिल्ड एयरपोर्ट सम्बन्धित समस्या पनि चॉंडै समाधान हुने आशा व्यक्त गरे। उनले प्रधानमन्त्री मोदीको परिकल्पना अन्तर्गत देशमा आज व्यावहारिक रूपमा विकासका कार्यहरू भइरहेको बताए।

पत्रकार सम्मेलनमा प्रदेश भाजपा अध्यक्ष डीआर थापा, उपाध्यक्ष दिनेश नेपाल र गान्तोक जिल्ला अध्यक्ष पेम्पो दोर्जी लेप्चा पनि उपस्थित थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande