हुगली, 10 जून (हि.स.)। जिल्लाको चण्डीतला गोरलगच्छा क्षेत्रमा चर्चित तृणमूल नेता सुबिर मुखर्जीको घरमा मंगलवार बिहान सीमा शुल्क अधिकारीहरूको एक टीमले छापा माऱ्यो। सुबिर मुखर्जी हुगली जिल्ला परिषदका शिक्षा, सूचना, संस्कृति औ खेल कार्याध्यक्ष हुन्|
प्राप्त जानकारी अनुसार मंगलवार बिहान सीमा शुल्क विभागको टीम तृणमूल नेताको घरमा पुग्यो अनि लगभग तीन घण्टासम्म उनको घरमा खानतलासी गऱ्यो। प्राप्त जानकारी अनुसार डानकुनीस्थित तृणमूल नेताकी छोरीको फ्ल्याटमा पनि खोजी कार्य संचालन गरियो।
सुबिर मुखर्जीले भने, पार्टीबाट अनुमति पाएपछि मात्र उनले यस मामिलामा आफ्नो प्रतिक्रिया व्यक्त गर्नेछन्। तृणमूल नेता सुबिर मुखर्जी एकजना कवि पनि हुन्। उनका धेरैवटा पुस्तकहरू प्रकाशित भइसकेका छन्। सुबिर बाबूले भने, उनको घरमा खानतलासी गर्न आएका दुईजना अधिकारीहरूले उनका दुईवटा पुस्तक लिएर गएका छन्।
सुबिर मुखर्जीले भने सीमा शुल्क अधिकारीरूले उनीसित भने कि यस्तो पहिला कहिल्यै पनि भएको थिएन। उनीहरू खानतलासी गर्न आएका थिए, तर केही पनि हात परेन। हामीले यस अवधि अधिकारीहरूलाई हरसम्भव सहयोग गऱ्यौं। हामी सबैको फोन लिएर गएको छ। उनीहरूले पढ़्नको लागि मेरो दुईवटा किताब लिएर गए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा