रक्षा क्षेत्रको प्रगतिमा आधुनिकता र आत्मनिर्भरतामाथि विशेष जोड- प्रधानमन्त्री
मोदी


नयाँ दिल्ली, 10 जून (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले गत 11 वर्षमा भारतले रक्षा क्षेत्रमा अद्वितीय प्रगति देखाएको बताएका छन्। प्रगतिको यस यात्रामा ‘आधुनिकता’ र ‘आत्मनिर्भरता’ माथि विशेष ध्यान दिइएको छ। प्रधानमन्त्रीले यसलाई भारतीयहरूको सामूहिक इच्छा र दृढ़ संकल्पको परिणाम बताउँदै भने, यो संकल्प भारतलाई तकनीकी उत्कृष्टतातिर लगिरहेको छ।

मोदीले ‘मायगोवइण्डिया’ मा एक पोस्टको जवाफ दिँदै भनेका छन्, गत 11 वर्षमा हाम्रो रक्षा क्षेत्रमा महत्वपूर्ण परिवर्तन आएको छ। मानिसहरूले मिलेर भारतलाई मजबुत बनाउने दिशामा काम गरिरहेका छन्, यो देखेर खुशी लाग्छ। उनले ‘#11ईयरअफरक्षाशक्ति’ ह्याशट्यागको पनि उपयोग गरे।

उल्लेख्य, भारतको रक्षा प्रणालीमा सुधारको निम्ति विभिन्न योजनाहरू लागू गरिएको छ। यसमा विदेशी निर्भरता कम गर्दै स्वदेशी उत्पादनलाई प्रोत्साहन दिनु सामेल छ। यी प्रयासहरूले भारतको रक्षा क्षमतामा वृद्धि भयो र यो वैश्विक स्तरमा एक मजबुत स्थितिमा खड़ा छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande