दिग्विजय सिंहका भाई लक्ष्मण सिंह कांग्रेसबाट निष्कासित
सिंह


नयाँ दिल्ली, 11 जून (हि.स.)। कांग्रेसले बुधवार राज्यसभा सदस्य दिग्विजय सिहंका भाई लक्ष्मण सिंहलाई पार्टीको प्राथमिक सदस्यताबाट 6 वर्षको निम्ति निलम्बित गरेको छ।

पार्टीको अनुशासनात्मक मामिलाहरूको समितिका महासचिव तारीक अनवरले एक बयानमा यसको जानकारी दिए। यसमा भनिएको छ, कांग्रेस अध्यक्षले मध्य प्रदेशबाट पूर्व विधायक लक्ष्मण सिंहलाई तत्काल प्रभावदेखि 6 वर्षको निम्ति निष्कासित गरेका छन्। उनको पार्टी विरोधी गतिविधिहरूको कारण यो गरिएको हो।

आखिर कुन गतिविधिहरूको कारण उनलाई निष्कासित गरिएको हो, कांग्रेसले यसबारे कुनै जानकारी दिएन तर हालको समयमा उनले केही यस्ता बयान दिएका थिए, जसले कांग्रेस आलाकमानलाई असहज बनाएको थियो। उनले पार्टी नेतृत्व अपरिपक्व रहेको कुरा भनेका थिए। उनले अपरेशन सिन्दूरपछि रबर्ट वाड्रा र कांग्रेस नेता राहुल गान्धीमाथि यो टिप्पणी गरेका थिए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande