गुरूङ टुल्कू निमा होइसर रिम्पोर्छे गुरूदेवको 81औँ जन्म दिन पालन
गुरूङ टुल्कू निमा होइसर रिम्पोर्छे गुरूदेवको 81औँ जन्म दिन पालन


सोनादा, 10 जून (हि.स.)। सोनादाको नाली चउरस्थित यल्मो गाउँको युर्गेन सानागाग छ्योलिङ बुद्ध गुम्बामा परमपुज्य गुरुङ टुल्कू निमा होइसर रिम्पोर्छे गुरूदेवको आज 81औँ जन्म दिन पालन गरियो। यस अवसरमा विभिन्न धार्मिक एवम् आध्यात्मिक कार्यक्रमहरुका साथै विभिन्न सङ्घ-संस्थाका सदस्य-प्रतिनिधिहरू तथा लामा पुरोहितहरू, आनीहरूले गुरूदेवको सुस्वास्थ्य र दीर्घायुको निम्ति प्रार्थना गरेका थिए।

परमपुज्य गुरूङ टुल्कू निमा होइसर रिम्पोर्छे गुरूदेवको 81औँ जन्म दिवस विषयमा डम्बर गुरुङले कार्यक्रममा गुरुदेवको आशीर्वाद सदैव बनिरहोस् भनी कामना गरिएको र गुरुदेवको सुस्वास्थ्य र दीर्घायुको लागि प्रार्थना गरिएको बताए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande