दक्षिण दिनाजपुर, 10 जून (हि.स.)। जिल्लाको बालुरघाट शहरको वार्ड नम्बर- 16 स्थित खिदिरपुर विवेकानन्द पल्ली क्षेत्रमा गए सोमवार अबेर राती एउटा घरमा आगो लाग्यो। यस घटनामा घरको चारवटा कोठा जलेर खरानी भएको छ। साथै घरभित्रका फर्निजर, पैसा, गहना तथा खाद्यान्न सामग्रीहरू जलेर खरानी भयो। यद्यपि घरका सदस्यहरू भने भाग्यले बचे।
दमकल तथा पुलिसले प्रारम्भिक अनुमान लगाएको छ, शर्ट सर्किटको कारणले आगलागी भएको हो। पुलिस र दमकल विभागले असली कारण पत्तो लगाउन जाँच गरिरहेको छ। पुलिस सूत्र अनुसार घर मालिकको नाम मनोज मल्लिक हो जो पेशाले श्रमिक हुन्।
मनोज मल्लिकले मंगलवार बताए, मेरो घरको सबै सामान जलेर खरानी भएको छ। हिजो राती बारम्बार बिजुली गइरहेको थियो। म गर्मीको कारणले बाहिर थिए। अचानक मैले आगो देखेँ। हामी भाग्यले बच्यौं, तर मेरो घरमा केही पनि बचेन। वार्ड पार्षद अभिजीत साहा पनि खबर पाएर राती नै घटनास्थलमा पुगे। उनले बताए, भयानक आगलागीमा परिवारको सबै जलेर खरानी भयो। उनले भरोसा दिलाए, नगरपालिका पीड़ित परिवारको साथमा छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा