नयाँ दिल्ली, 10 जून (हि.स.)। दिल्लीको कालकाजीस्थित भूमिहीन क्याम्पमा झोपड़ी बस्तीमा भएको बुलडोजर कारबाहीको विरोध प्रदर्शनमा सामेल हुन पुगेकी आम आदमी पार्टीकी नेता तथा पूर्व मुख्यमन्त्री आतिशीलाई दिल्ली पुलिसले मंगलवार हिरासतमा लियो। तथापि पछि उनलाई रिहा गरियो।
आतिशीले आरोप लगाइन्, भाजपा सरकार दिल्लीका गरीबरूलाई उजाड़्नको निम्ति तत्पर भएको छ र झोपड़ीहरूलाई भत्काउने षड़यन्त्र रचिरहेको छ। उनले भनिन्, “मैले झोपड़ीवासीहरूको हकमा आवाज उठाइरहेको छु र यसको लागि मलाई जेल पठाइँदैछ। भाजपा अनि रेखा गुप्तालाई यी गरीबहरूको अभिषाप लाग्नेछ।”
आआपाको आरोप छ, भाजपा सरकारको असली नारा “जहाँ झोपड़ी, त्यहाँ बुलडोजर” भइसकेको छ। पार्टीले भन्यो, मद्रासी क्याम्प, वजिरपुर र अब भूमिहीन क्याम्पमा भाजपाले लगातार गरीबहरूलाई उजाड़िरहेको छ।
पछि आतिशीले यसै मुद्दामा पत्रकार वार्ता गरिन्। उनलेभनिन्, मुख्यमन्त्री रेखा गुप्ताले केही दिनअघि दाबी गरेकी थिइन्, कुनै पनि झोपड़ीलाई भत्काइनेछैन। तर अब डीडीए र दिल्ली पुलिसले भूमिहीन क्याम्पमा झोपड़ीहरूलाई भत्काउने तयारी गरेको छ।
कोर्टमा पनि डीडीएले झोपड़ीबासीहरूलाई घर दिनदेखि अस्वीकार गरेको आरोप लगाउँंदै उनले भनिन्, झोपड़ीबासीहरूलाई ‘जहाँ झोपड़ी-त्यहाँ घर’-को वाचा गरिएको थियो, तर 1029 परिवारहरूलाई घर दिनदेखि अस्वीकार गरियो भने सयभनदा अधिक परिवारलाई सर्वेमा समेत सामेल गरिएको छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा