कश्मीरको निम्ति शुरू गरिएको ट्रेन सेवाले स्थानीयहरूका साथै पर्यटकहरूलाई पनि लाभ पुग्नेछ- फारूक अब्दुल्ला
कश्मीरको निम्ति शुरू गरिएको ट्रेन सेवाले स्थानीयहरूका साथै पर्यटकहरूलाई पनि लाभ पुग्नेछ- फारूक अब्दुल्ला


श्रीनगर, 10 जून (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले हालमा माता वैष्णो देवी कटरा र श्रीनगरबीच वन्दे भारत ट्रेनलाई हरियो झण्डा देखाएका थिए। ट्रेन शुरू भएपछि यहाँ मानिसहरूले खुशी व्यक्त गरेका छन्। यसबीच जम्मू-कश्मीर नेशनल कन्फ्रेन्सका अध्यक्ष फारूक अब्दुल्लाले पनि ट्रेन शुरू हुँदा खुशी जाहेर गर्दै भने, प्रधानमन्त्री मोदीद्वारा कश्मीरको निम्ति शुरू गरिएको नयाँ ट्रेन सेवाले स्थानीय मानिसहरूका साथै पर्यटकलाई पनि फायदा पुग्नेछ।

पार्टी सहयोगीहरूको साथ मंगलवार ट्रेनमा सवार हुन अगाड़ी फारूक अब्दुल्लाले मीडियासित कुरा गर्दै भने, म धेरै खुशी छु, आज म कटराको निम्ति यस ट्रेनमा यात्रा गरिरहेको छु। यो हाम्रो निम्ति सबैभन्दा ठूलो लाभ हो। कश्मीरलाई बाकी भारतसित जोड्ने यो ट्रेन घाटीवासीहरूका लागि एक विश्वसनीय परिवहन लिंक हुनेछ। श्रीनगर र जम्मूबीच सड़क कहिले-कांही बन्द हुन्छ र एयरलाइन्सले भाड़ा बढ़ाएर मानिसहरूलाई लुट्नु शुरू गर्छन्। यस ट्रेनले मानिसहरूलाई सुविधा प्रदान गर्नेछ।

फारूकले भने, रेलवे लिंक कश्मीरमा बागवानी क्षेत्रको निम्ति पनि लाभप्रद प्रमाणित हुनेछ किनभने कृषि उत्पाद बजारहरूसम्म तीव्र गतिमा पुग्नेछ। यसबाट कश्मीर आउने पर्यटकहरूलाई पनि फायदा हुनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande